Sidha Patra सोमबार, कार्तिक ०३, २०८२

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ घर घरमा धन,ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ ।

लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन रहेको छ ।

यस दिन श्रद्धालुहरु दिनभर उपवास बसेर बेलुका दीपावली गरेर नुहाइधुवाई गरी धनलक्ष्मी, धान्यलक्ष्मी,गजलक्ष्मी,सन्तानलक्ष्मी,विद्यालक्ष्मी, विजयलक्ष्मी,ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीका रुपमा देवीको पूजा आराधना गर्छन् । स्कन्द पुराण,पद्य पुराण र विष्णु पुराणमा उल्लेख भएअनुसार यी आठ रूपहरूले जीवनका आर्थिक,ज्ञान,शक्ति,परिवार, सफलता,धैर्य,खेती र विजयका पक्षहरुलाई प्रतिनिधित्व गर्छन् ।

कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । यस दिन बेलुका आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दियो बालेर लक्ष्मीको आगमनको बाटो देखाइन्छ ।

त्यस्तै दीपावली गरेपछि पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी सुनचाँदीका गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला अर्पण गरेर विधिपूर्वक पूजा गरिन्छ । आरती र मन्त्र उच्चारणपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादस्वरूप ग्रहण गर्छन् । कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन पनि छ । घरमा लक्ष्मीपूजा सकेपछि धन, पैसा वा कुनै सामान बाहिर पठाउने परम्परा छैन, किनभने यसो गर्दा लक्ष्मी बाहिर जाने विश्वास गरिएको छ । मध्यरातमा घरका नारीहरूले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनेर कामना गर्ने शास्त्रीय विधि पालन गरिन्छ ।

यस्तै धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनको समयमा लक्ष्मीदेवी अमृत कलश हातमा लिएर प्रकट भएकी थिइन्, र त्यो दिन यही कार्तिक औँसीको रात परेकाले यसै दिनदेखि लक्ष्मीपूजाको परम्परा सुरु भएको हो । लक्ष्मी धनकी मात्र होइन, शुद्धता, सकारात्मकता र कर्मशीलताको प्रतीक समेत मानिन्छिन् । त्यसैले लक्ष्मीपूजा आत्मिक र आध्यात्मिक दुवै दृष्टिले अत्यन्त महत्त्वपूर्ण पर्व हो ।

पूजामा आवश्यक सामग्रीहरु:

कलश,धूप,दीप,फूल,अक्षता,फलफूल,मिठाई,धान, सिक्का,नयाँ नोट,तस्बिर,पान सुपारी,रङ्गोलीको रङ आदि ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]