
Asb
Ggp
Rgp
ksb
Usb
Jns
Ggp
Dus
Rgp
Rgp
Rgp
lnp
Lks
Lnp
Sgp

lms

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र,स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रीहरु समेतको सहभागितामा भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुन पनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्व फिर्ता गर्न पनि आग्रह गरे ।
त्यस्तै अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । उनले पूर्ण तयारीसाथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने बताए । सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए । उनिहरुले यो भन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रुपले निर्वाचनका लागि तयार रहेको पनि बताएका थिए ।
उक्त छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्रीहरुका साथै प्रधानसेनापति अशोक सिग्देल,प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ,सशस्त्र प्रहरी बल,नेपालका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता रहेको थियो ।
