आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस,देशभर मनादै,सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाको असाधारण समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । बैठकमा जम्मा २ सय ७० जना उपस्थित थिए । त्यस्तै प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा दर्जनौं कर्मचारीरु सम्मानित

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार राप्ती उपत्यका देउखुरी स्थित लुम्बिनी सभाहलमा राजनीतिक सल्लाहकारदेखि एक दर्जन बढी कर्मचारीहरू प्रशंसापत्र सहित सम्मान गरेका छन् । त्यस्तै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना गर्न अमह भुमिका निर्वाह गर्ने र आफुलाई सहयाेग गरेको भन्दै बिदाई भएर जाँदै गर्दा मुख्यमन्त्री केसीले मुख्य राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, मुख्य […]

नागरिकको जीउधनको सुरक्षा अपराध रोकथाम नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन

दाङ । लुम्बिनि प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नलप्रसाद उपाध्यायबाट जिल्ला प्रहरी कार्यालय दाङ मातहतमा रहेका प्रहरी युनिटका प्रहरी ईन्चार्ज तथा उपस्थित प्रहरी कर्मचारी हरुलाई निर्देशन दिनु भएको थियो ।निर्देशनको क्रममा उहाँले नागरिकको जीउधनको सुरक्षा,अपराध रोकथाम तथा नियन्त्रण,प्रहरी आचरण र ब्यवहारमा सुधार,प्रहरीले गर्नु पर्ने काम कर्तव्य जिम्मेवारी,नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी […]

संसदको पहिलो बैठक आज बस्दै,१२ दलका नेताले सम्बाेधन गर्ने

काठमाडौं । संसदको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ । सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको […]

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार हिजो मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब […]

कंचनपुरकी निर्मला पन्त हत्याको छानबिनमा डिआईजी सिंहलाई खटाइयो

काठमाडौं । कंचनपुरकि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम सुरु गरेको छ। गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो। समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन्। समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त […]

राप्ती गाउँपालिकाको विभिन्न वडाहरुमा बुधबारदेखि राष्ट्रिय परिचयपत्र बनाउन थालियो

दाङ । राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा बुधवार देखि राष्ट्रिय परिचयपत्र बनाउने कामकाे थालनी गरिएको छ । यो अभियान हालका लागि राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ४, ६, ७, ८ र ९ मा सुरु गरिएको हो । परिचयपत्र बनाउन जिल्लाबाट खटिएर आएका कर्मचारी टोलीले नागरिकको विवरण भर्ने, फोटो खिचाउने लगायतका कामको थालनी गरेको छ । […]

लुम्बिनी प्रदेशका नव निर्वाचित सभा सदस्यलाई प्रमुख अमिक शेरचनद्वारा शपथ ग्रहण

दाङ । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]