
Unsku
Sgr
Pbu
Lnp
Srbpu
Rgp1
Rgp
Ggp
pku

Gst
Hal
Ksm
Rgu
Bbbpu
Pvg
Asm
nsb
Rsb
Wsp
Sbs
Bbu
Rgu
Vor
Ggd
Tsm
Rgs
Sls
Ssm

Gsb
Rpp
Ptm
Jmb
sab
Abd
Jmb
Pls
Mks
Rmb
bbt
Bml
Syp
दाङ । राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा बुधवार देखि राष्ट्रिय परिचयपत्र बनाउने कामकाे थालनी गरिएको छ ।
यो अभियान हालका लागि राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ४, ६, ७, ८ र ९ मा सुरु गरिएको हो । परिचयपत्र बनाउन जिल्लाबाट खटिएर आएका कर्मचारी टोलीले नागरिकको विवरण भर्ने, फोटो खिचाउने लगायतका कामको थालनी गरेको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रशासन कार्यालय लमहीबाट राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम हुँदै आएको थियो । पहिलाे दिन बुधवार राप्ती गाउँपालिका वडा नम्बर २ र ८ मा गरी १०१ जना नागरिकले फोटो खिचाउने र विवरण भर्ने काम गरेका छन्। वडा २ मा ६५ जना नागरिकहरुकाे विवरण संकलन गरिएकाे वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिनु भएको छ । त्यस्तै वडा नं.८मा विद्युतकाे समस्याका कारण ३६ जना नागरिकहरुकाे मात्र विवरण संकलन गरिएकाे वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिनु भएको छ।भने अन्य वडाहरुमा तयारी नपुगेकाले भाेली अर्थात २१ गतेदेखि मात्र काम शुरु गरिने भएको छ।
नागरिकता प्रमाणपत्र प्राप्त गरिसकेका सबै नागरिकको राष्ट्रिय परिचयपत्रको लागि विवरण भरिने छ । वडास्तरमा राष्ट्रिय परिचयपत्र बनाउने टोली पुगेसँगै परिचयपत्रको लागि फाराम भर्ने नागरिकको भिड लाग्न थालेको छ । यसै बीच राप्ती गाउँपालिकाले मातहतका ९ वटै वडाहरुलाई परिपत्र गरि राष्ट्रिय परिचयपत्र बनाउन स्थानीय नागरिक तथा वडाबासीहरुलाई सूचना सम्प्रेषण र अन्य सहयोग गरिदिन आग्रह गरेको छ ।
परिचयपत्र बनाउन आउँदा नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल सहित नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा गाउँपालिकाको सिफारिस, नागरिकका प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाई सराई प्रमाणपत्र वा बसोबास प्रामाणित भएको कागज, नागरिकताको प्रमाणपत्रमा पति पत्नीको नाम नखुलेमा विवाह दर्ता प्रमाणपत्र वा विवाह प्रमाणित भएको कागज वा नाता प्रमाणित वा पति पत्नी भएको प्रमाणित हुने अन्य सरकारी कागज, नागरिकताको प्रमाणपत्रमा अंग्रेजीमा नाम नखुलेको भए सम्भव भएसम्म अंग्रेजीमा नाम खुल्ने कागजात, विवरण पुष्टि गर्ने अन्य कागजातहरु अनिवार्य साथमा ल्याउनु पर्ने व्यवस्था रहेको छ ।
