उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनु भएको हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाउनु भएका उहाँलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले […]

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिउनु भएको छ । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । त्यस्तै शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति […]

बिरगंजमा सशस्त्रका इन्स्पेक्टर रबिन्द्र भट्ट खुलेआम सरकारी गाडीमा लत्ताकपडा तस्करी गर्दै

पर्सा । बिरगंज भन्सार कार्यालय बिओपी भन्सारका इन्सपेक्टर रविन्द्र भट्टकाे चर्ति कला कपडा समातेकाे जस्तो गर्ने र भन्सार कार्यालय भित्रबाट सरकारी प्लेट टाटा सुमो मा बा २ झ २५६२ नम्बरकाे गाडि मार्फत कपडालता ओसार पोसार गराउँदै गरेकाे दृश्य हो । भट्टले यात्रु शाखामा काम गर्ने स्टाफहरूलाई १० हजार महिनावारी दे हाेइन भने काम गर्न पाउदैनस […]

आईजीपी सिंह र बढुवा एआईजी थापामाथि ३० करोड घोटाला सम्बन्धि अख्तियारको छानविन

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार पाँच जना प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गर्दा सिनियर डिआईजीहरु भने छुटेका छन् । आईजीपी धिरजप्रताप सिंहका ब्याची डिआईजीहरु नलप्रसाद उपाध्याय,मोहन आचार्य र मसाउद आलम खाँ बढुवामा छुटेका हुन् । उनीहरु अहिलेका आईजीपी सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् । […]

नेपाल प्रहरीको ५ जना डिआईजीहरु,एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो । पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए । दोस्रो नम्बरमा टेकप्रसाद राई,तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत असारमा निकालिएको बढुवा […]

चीनको राष्ट्रपतिमा पुनः सर्वसम्मत सी जिनपिङ निर्वाचित

काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यो […]

प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा प्रचण्ड बिरुद्ध दुईवटा रिट दर्ता भएको हो । प्रचण्डबिरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरण सहित १४ जनाले रिट दायर […]

राजधानीको जग्गा फुकुवाको माग गर्दै मुख्यमन्त्री गिरीलाई ज्ञापनपत्र

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र विभिन्न राजनीतिक दलका प्रतिनिधि समेतको एक प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय लिला गिरीलाई कार्यकक्षमा भेटी प्रदेश राजधानी भित्रको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ । राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुराजबहादुर खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो माग पत्र पेश गरेको हो। प्रतिनिधि मण्डलमा […]

विराटनगरमा सम्पन्न १२ औं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताद्वारा प्रिन्स ह्याट्रिक

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]