
Rgp
cjs
Gfs
Lnp
sbs
Rgp1
Srbpu
Ggp
Pes
Pbu
pku
Sgr
Djs
Unsku
काठमाडौं । भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि उनको नेटवर्थ बढेको हो । मिडिया रिपोर्टका अनुसार गौतम अदानीको नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ […]
काठमाडौं । नेपाल सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ […]
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा यो कार्यक्रमको बजेट बढाएर स्थानीय तहमार्फत खर्च गर्ने मन्त्रालयले जनाएको छ । चालु आव २०८०/८१ मा कार्यक्रम स्थगित गरेर छुट्याइएको बजेट जाजरकोट भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निर्माणमा खर्च गर्ने निर्णय पनि मन्त्रालयले […]
दाङ । नारायणपुरस्थित सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् । त्यस्तै कार्यक्रममा बाेल्दै […]
दाङ । देउखुरीको गढवा गाउँपालिका भिटा परियोजनाद्वारा गठित विभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको अग्नि पीडितलाई शनिबार हस्तान्तरण गरिएको छ। भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै वडाबाट संकलन गरिएको सहयोग रकम ४५ हजार २ सय २५ रुपैयाँ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र वडा नम्बर […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल ६ अर्ब बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो । साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा […]
कपिलवस्तु । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ । जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार […]
काठमाडौँ । दुग्ध किसानले देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा देशभरका राजमार्गको विभिन्न स्थानमा बिहीबार चक्काजाम गरेका हुन् । संघले देशभर बिहान १० बजेदेखि १२ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज दुग्ध किसानले विभिन्न स्थानमा चक्काजाम गरेका हुन् । चितवनको खैरेनी सडक अवरुद्ध गरी विरोध […]
काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यस्तै राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख […]
प्युठान । प्युठान जिल्लाको मल्लरानी ५ सराङकोट अवस्थित एक विद्यालयमा जेष्ठ नागरिकले अक्षयकोष स्थापना गर्नु भएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ५ रिट्ठीखर्क प्युठान निवासी ९५ बर्षिय जेष्ठ नागरिक मोहन पुन मगरले जीवन संगिनी स्वर्गीय नमिदेवी पुन मगरको स्मृतिमा भुमी विकास आधारभुत विद्यालयमा रु.५०,०००/(पचास हजार ) को अक्षयकोष स्थापना गर्नु भएको हो । त्यस्तै […]