
Asm
Bpb
Gsbus
gms
smb
Rg-9
jms
Ppu
Sys
Ssbus
jmb

Tsb
Ln7
Ssb
Dps
Gsb
bmj
Ln3
Usb
Gg5
cks
bml
Hl1
Ln2
Gg1
Rys
Sbs
Ln9
Ln8
Ln1
kbs

Gg4
Sab
Jpb
Gg3
ptl
Ksb
Sml
Snk
Nps
Gg6
Jab
Bpb
Sbs
Gg2
Rgu
Gjl
Rss
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सात अर्ब ३९ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा छात्रवृत्तिको लागि सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ विनियोजित गरेको हो । विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । विद्यालय शिक्षा छात्रवृत्ति अन्तर्गत १२ हजार ६५ जना विद्यार्थीले प्रति विद्यार्थी ५० हजारका दरले छात्रवृत्ति पाउनेछन् । त्यसका लागि मन्त्रालयले ६० करोड ३२ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको छ ।
त्यस्तै गैरआवासीय छात्रवृत्ति अन्तर्गत कक्षा १ देखि १२ सम्मका १५ लाख ४० हजार १०३ विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । जसका लागि ६२ करोड ७० लाख ४७ हजार रुपैयाँ विनियोजित गरिएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा छात्रवृत्ति अन्तर्गत ८ हजार २४५ विद्यार्थीले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् । त्यसका लागि ५ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै उच्च शिक्षा छात्रवृत्तिका लागि ३९ करोड ४६ लाख रुपैयाँ विनियोजित गरिएको छ । उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत सहिद तथा द्वन्द्व पीडित विद्यार्थी, मुक्त कमलरी विद्यार्थी, मुस्लिम महिला विद्यार्थी, अपाङ्गता भएका विद्यार्थीले वार्षिक २४ हजारका दरले पाउने छन् ।
त्यस्तै आर्थिक रूपले विपन्न र दलित विद्यार्थीको साधारण विषयका लागि वार्षिक १५ हजार र प्राविधिक विषयका लागि २१ हजार रुपैयाँ छात्रवृत्ति पाउनेछन् । चिकित्सा शिक्षा छात्रवृत्ति अन्तर्गत १० हजार ५९४ जना विद्यार्थीले ५ अर्ब ११ करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । चिकित्सा शिक्षा छात्रवृत्तिका लागि अध्ययन जारी रहेका अघिल्लो वर्षको विद्यार्थीलाई समेत छात्रवृत्ति निरन्तरता मन्त्रालयले जनाएको छ । रातोपाटी
