
Gsl
dsbus
Nssbus7
Bksbus5
Rbs
Csbus
Pbu
Gsbus
Ssbus
syysr
Jsbus
Ratbs
Ddhbs
Syees
gms
Amb

Ksm
Pvg
Bbu
Bbbpu
Rsb
Wsp
Vor
Hal
Gst
Sbs
Sls
nsb
Ssm
Rgu
Asm
Rgs
Tsm
Rgu
Ggd

Rpp
bbt
Bml
Pls
sab
Mks
Jmb
Ptm
Abd
Jmb
Rmb
Gsb
Syp
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सात अर्ब ३९ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा छात्रवृत्तिको लागि सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ विनियोजित गरेको हो । विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । विद्यालय शिक्षा छात्रवृत्ति अन्तर्गत १२ हजार ६५ जना विद्यार्थीले प्रति विद्यार्थी ५० हजारका दरले छात्रवृत्ति पाउनेछन् । त्यसका लागि मन्त्रालयले ६० करोड ३२ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको छ ।
त्यस्तै गैरआवासीय छात्रवृत्ति अन्तर्गत कक्षा १ देखि १२ सम्मका १५ लाख ४० हजार १०३ विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । जसका लागि ६२ करोड ७० लाख ४७ हजार रुपैयाँ विनियोजित गरिएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा छात्रवृत्ति अन्तर्गत ८ हजार २४५ विद्यार्थीले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् । त्यसका लागि ५ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै उच्च शिक्षा छात्रवृत्तिका लागि ३९ करोड ४६ लाख रुपैयाँ विनियोजित गरिएको छ । उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत सहिद तथा द्वन्द्व पीडित विद्यार्थी, मुक्त कमलरी विद्यार्थी, मुस्लिम महिला विद्यार्थी, अपाङ्गता भएका विद्यार्थीले वार्षिक २४ हजारका दरले पाउने छन् ।
त्यस्तै आर्थिक रूपले विपन्न र दलित विद्यार्थीको साधारण विषयका लागि वार्षिक १५ हजार र प्राविधिक विषयका लागि २१ हजार रुपैयाँ छात्रवृत्ति पाउनेछन् । चिकित्सा शिक्षा छात्रवृत्ति अन्तर्गत १० हजार ५९४ जना विद्यार्थीले ५ अर्ब ११ करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । चिकित्सा शिक्षा छात्रवृत्तिका लागि अध्ययन जारी रहेका अघिल्लो वर्षको विद्यार्थीलाई समेत छात्रवृत्ति निरन्तरता मन्त्रालयले जनाएको छ । रातोपाटी
