गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले वार्षिक कार्यक्रम अन्तरगत शनिबार एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रगतको अभाव हुन नदिनका लागि स्कुलले प्रत्येक चार महिनामा रक्तदान कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी लमही शाखालाई उपलब्ध गराउने […]

पशुमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं:मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरुले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेकाे बताउदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन् । नेपाल भेटेरिनरी एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक विशेषज्ञहरुसँगको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान

काठमाडौं । दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ । त्यस्तै आपतकालिन् स्वास्थ्य सेवा सुदृढीकरणका लागि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा आज उक्त मेसिन जडान गरेको हो । मुटुको धड्कन अचानक […]

लुम्बिनी प्रादेशिक अस्पतालमा ९ मेडिकल अधिकृत र ११ जनाका लागि जागिर खुल्यो

दाङ । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो । लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत रहेको उक्त अस्पतालले स्वीकृत दरबन्दी अनुसार रिक्त पदहरुमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । प्रकाशित सूचना अनुसार, मेडिकल अधिकृत ८ तहमा ९ […]

लमहीमा प्रजनन स्वास्थ्य शिविरले महिलामा बढायो सचेतना र पहुँच

दाङ । लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरले स्थानीय महिलाहरूमा सकारात्मक प्रभाव पार्न थालेको छ । लमही नगरपालिका २ स्थित सोनपुर स्वास्थ्य चौकीमा जारी यस शिविरले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ […]

प्यूठानको गौमुखीमा बृहत आँखा परिक्षण उपचार,३६ जनाले देखे उज्यालो संसार

प्यूठान । गौमुखी गाउँपालिका प्यूठान र लमही आँखा अस्पतालको संयूक्त आयोजनामा संचालन गरिएको बृहत आँखा परिक्षण उपचार तथा स्क्रिनिङ शिविरमा सयौं जना प्रत्यक्ष लाभांवित भएका छन् । चैत १६ गतेदेखि शुरु भएको शिविर २१ गतेसम्म संचालन भएको थियो । शिविरमा कुल ६ सय ६ जनाले आँखाको चेकजाँच गरेका थिए । त्यसमध्ये ४१ जना व्यक्तिहरु शल्यक्रियाका […]

हुम्लामा प्रसुती गराउन नसकेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार

हुम्ला । हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर –४ बराउँसे गाउँकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन नसकेपछि बुढालाई सुर्खेतस्थित प्रार्देशिक अस्पताल सुर्खेत रेफर गरिएको सुत्केरीका श्रीमान उत्सव लामाले जानकारी दिए ।अनलाइनखबर

बुटवलमा एमआरआई सेवा सुरु,प्रतिष्ठानको रुपमा विकास गर्ने लक्ष्यःमुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको […]

रगत अभाव देखेपछि लमही जेसीज र चार संस्था मिलेर लमहीमा बृहत् रक्तदान शिविर

दाङ । रगतको अभाव देखिएपछि देउखुरीको लमहीमा शनिबार आज बृहत् रक्तदान शिवर कार्यक्रम सञ्चालन गरिएको छ। भरखरै सम्पन्न निर्वाचनको अवधिभर लमही क्षेत्रमा रक्दान शिवर नभएको र जसका कारण अस्पतालमा रगतको अभाव देखिएपछि रक्तदान शिविर सञ्चालन गरेर रगत संकलन गरिएको हो । लमही जेसीज,रोट्रयाक्ट क्लव अफ लमही,रोटरी क्लव,किवसिस क्लव लगायतका संस्थाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]