लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज पनि बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक मंगलबार आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको […]

श्रेस्ता कायम जग्गालाई सार्वजनिक जग्गा भनि भ्रम फैलाएको प्रति केसीको गम्भीर ध्यानाकर्षण

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी मधुसुदन केसीले श्रेस्ता कायम जग्गालाई सार्वजनिक जग्गा भनी भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । केसीले सोमबार लमहीमा पत्रकार सम्मेलन गरेर गढवा गाउँपालिका–१ बनघुस्री बस्ने आफूलाई सामाजिक अभियन्ता बताउने सन्देश भण्डारी क्षेत्रीले आफ्नो फेसबुक पेजबाट गलत सूचना फैलाएको, चरित्र हत्या गरेको तथा […]

अमेरिका–इजरायल र इरान युद्धका कारण रोकिएको मध्यपूर्वको श्रम स्वीकृति खुल्यो

काठमाडौं । अमेरिका–इजरायल र इरान युद्धका कारण रोकिएको मध्यपूर्वको श्रम स्वीकृति खुलेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सोमबार दिउँसो मध्यपूर्वका सबै देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेका हुन् । सरकारले १७ फागुनदेखि लागू हुने गरी मध्यपूर्वका साउदी अरेबिया, युएई, कुवेत, बहराइन,ओमान,इराक, यमन,जोर्डन, लेबनान्, टर्की र इजरायलमा श्रमिक जानबाट रोक्ने निर्णय गरेको […]

गुरुकुल एकेडेमी लमहीद्वारा हस्तलेखनमा निखार ल्याउन शिक्षकलाई विशेष तालिम

दाङ । शिक्षकको सीप अभिवृद्धि मार्फत शिक्षाको गुणस्तर उकास्ने उद्देश्यका साथ देउखुरीको लमहीमा रहेको गुरुकुल एकेडेमी लमहीले शिक्षकहरुलाई हस्तलेखन सम्बन्धि विशेष तालिम सोमबार एक कार्यक्रमका बीच प्रदान गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शिक्षकहरुको लेखन सीपलाई प्रभावकारी, स्पष्ट र आकर्षक बनाउने लक्ष्य राखिएको थियो। तालिममा गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त विभाग प्रमुख विशालमान श्रेष्ठले […]

दाङमा ब्राउन सुगर र चरेससहित ७ जना पक्राउ

दाङ । जिल्लाको विभिन्न स्थानमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले चलाएको अपरेसनमा ब्राउन सुगर र चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले आज गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्क न्युरोड क्षेत्रबाट २९ वर्षीय उद्धव शाहलाई पक्राउ गरेको हो । उनको शरीर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ९ […]

सल्यानको बनगाड कुपिण्डेमा आगलागीः तीन घर र एक गोठ पूर्णरूपमा नष्ट

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० खानीगाउँमा आगलागी हुँदा तीन घर र एक गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार दिउँसो करिब १:३० बजे स्थानीय तेज बहादुर पुनको गोठमा एक्कासि आगलागी सुरु भएको थियो । आगो छिट्टै फैलिँदा नजिकै रहेका घरहरूमा समेत क्षति पुगेको हो । आगलागीबाट थमन घर्तीको […]

कर्णाली नदीमा डुबेर बेपत्ता भएका बावुछोराको शव फेला

कर्णाली । कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका बावुछोराको शव फेला परेको छ। प्रहरीका अनुसार तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार उनीहरूको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै फेला परेको हो। बुवाको शव […]

बुटवलमा जीतगढी विजय उत्सव सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण,प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । वि.सं. १८७२ वैशाख ७ गते […]

वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको १७ औं साधारणसभा सम्पन्न

दाङ । वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको १७ औं साधारणसभा आईतबार गढवामा सम्पन्न भएको छ । समितिका अध्यक्ष पुष्पा यादवको अध्यक्षता तथा गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा ६ का वडाध्यक्ष वीरबहादुर आले मगर र सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसालको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]