
Gisld
Rbs
Pbu
mbd
Mbdvs
Sds

Sls
Gst
nsb
Rgu
Ggd
Hal
Rgu
Ksm
Tsm
Rsb
Rgs
Wsp
Bbbpu
Vor
Bbu
Ssm
Sbs
Asm
Pvg

Syp
sab
Bml
Abd
Mks
Pls
Jmb
Jmb
Rpp
Gsb
Ptm
Rmb
bbt
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ टिकुली गढस्थित भूमिहीन सुकुम्बासी,मुक्त कमैया तथा अव्यवस्थित बसोबासी समुदायले आफ्नो बसोबास रहेको क्षेत्रमा टहरा हटाउने सूचना जारी भएपछि चिन्ता र त्रास बढेको बताएका छन् ।
शुक्रबार टिकुलीगढ बस्तीमा आयोजित भूमिहीन सुकुम्बासी तथा मुक्त कमैया अव्यवस्थित बसोबासी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले आफूहरु लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट हटाइने आशंकाले भयग्रस्त बनेको गुनासो गरेका हुन् ।
निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए भने वडा नम्बर ३ का वडाध्यक्ष मनोज चौधरी विशिष्ट अतिथि रहेका थिए ।
अन्तरक्रियामा सहभागीहरुले बसोबासको सुनिश्चितता,जग्गाधनी प्रमाणपत्र वितरण प्रक्रिया तथा भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका विषयमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सम्बन्धित निकायबाट टहरा हटाउन सूचना जारी भएपछि समुदायमा अन्योल र असुरक्षा बढेको बताए ।
कार्यक्रममा नगरप्रमुख चौधरीले भूमिहीन, सुकुम्बासी तथा मुक्त कमैयाको समस्या संवेदनशील विषय भएकाले कानुनी प्रक्रिया र सरोकारवाला पक्षसँग समन्वय गरेर समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे । वडा नम्बर ३ का वडाध्यक्ष मनोज चौधरीले पनि भूमिहीन किसानलाई न्याय आवश्यक रहेको बताउँदै उनीहरुको अधिकार सुनिश्चित गर्न स्थानीय तहले आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा भूमिअधिकार तथा श्रमिक संगठनका केन्द्रीय उपाध्यक्ष लीला विक,मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरी, भूमिअधिकार तथा श्रमिक संगठनका दाङ जिल्ला अध्यक्ष बसन्त नेपाल लगायतले आफ्ना धारणा राखेका थिए । उनिहरुले भूमिहीन, सुकुम्बासी तथा मुक्त कमैयाको समस्या दीर्घकालीन रुपमा समाधान हुनुपर्नेमा जोड दिदै उचित व्यवस्थापन नगरी बसोबास हटाउने कार्य न्यायोचित नहुने बताए ।नयाँयुगबोध
