
Sds
Mbdvs
Gisld
mbd
Pbu
Rbs

Hal
Ksm
Ssm
Wsp
Rgu
Vor
nsb
Asm
Ggd
Sbs
Rgs
Tsm
Bbbpu
Bbu
Gst
Sls
Rgu
Pvg
Rsb

Mks
bbt
Syp
Rmb
Bml
Abd
Ptm
Jmb
sab
Gsb
Rpp
Jmb
Pls
काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने चर्चा सत्य नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको चर्चा सामाजिक सञ्जालमा आएपछि प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन् । उनले भनिन्,‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।’
त्यस्तै,यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्दै सरकारले चैत २२ हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
यस्तै,सरकार दुई दिन बिदा दिएपनि भने जस्तो इन्धनको खपतमा कमी नभएको बरु सेवाग्राहीले थप असुविधा भोगेको गुनासो आउन थालेका छन् । अरु सार्वजनिक बिदा यथावत राखेर आइतबार थप बिदा दिने सरकारको निर्णय हचुवा भएको टिप्पणी हुन थालेको छ ।रासस
