
Rgp
Rgp1
Pbu
Srbpu
Lnp
Unsku
Sgr
Ggp
pku
दाङ । राप्ती नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएका यादवको शव नदीको किनारमा फेला परेको छ। देउखुरीको,राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए। शनिबार बिहान करिब साढे ९ बजे दूध बिक्री गरी घर फर्कने क्रममा लमही […]
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । त्यस्तै […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार आज बिहान ११:५५ बजेको समयमा पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर मिनिट्रकले पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी […]
वीरगन्ज । मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले आज सदनबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् । प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूको उनको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए । यसैगरी ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरेको प्रदेश सभामुखको कार्यालयले […]
धनगढी । धनगढीको फुलबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार आज धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का कृष्ण चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । […]
वीरगन्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् । त्यस्तै मुख्यमन्त्री […]
दाङ । ढल निकास अबरुद्ध हुँदा लुम्बिनी प्रदेशको राजधानी भित्रका केही मन्त्रालयहरु डुवानमा परेका छन् । गएरातीदेखि लगातार परेकाे अविरल वर्षातका कारण आएको बाढीले गर्दा देउखुरी उपत्यकामा रहेको लुम्बिनी प्रदेशको राजधानी भित्रका केहि मन्त्रालयहरु डुवानमा परेका हुन् । त्यस्तै मन्त्रालयहरु रहेको स्थानहरुमा ढल निकास नभएको कारण पानी जाम भएर मन्त्रालयहरु डुवानमा परेको जनाइएको छ । […]
दाङ । लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको सेवार खोलाको डाईभर्सन बगाएको छ । डाईभर्सन बगाएसंगै घोराही-तुलसीपुर सडक अवरुद्ध भएको हो । अविरल रुपमा पानी परेको र खोलामा पानीको बहाब बढि रहेका कारण तत्काल मर्मत गर्न नसकिने जिल्ला प्रशानक कार्यलय दाङले जनाएको छ । त्यस्तै डाईभर्सन नबन्दासम्म बैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन […]