
Rgp
pku
Srbpu
Sgr
Ggp
Pbu
Rgp1
Lnp
Unsku

Gst
Bbbpu
Pvg
Sls
nsb
Sbs
Ggd
Rgu
Ksm
Wsp
Rgs
Hal
Vor
Asm
Ssm
Rgu
Tsm
Rsb
Bbu

Ptm
Mks
sab
Bml
Rmb
Abd
Rpp
Syp
Pls
Gsb
bbt
Jmb
Jmb
धनगढी । सुदूरपश्चिम प्रदेशको सम्भावित विपदको समयमा उद्धार कार्यका लागि प्रदेशका सबै प्रहरी युनिटलाई ‘हाइ अलर्ट’मा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय,ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत प्रहरी जनशक्ति तुरुन्त परिचालित हुने गरी तैनाथ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले बताए ।
प्रदेशभर तीन दिनदेखि लगातार पानी परिरहेकाले पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गमा परेको पहिरो पन्छाउने र सडक यातायात सुचारु गर्ने हिसाबले समेत प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए। सुदूरपश्चिम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार वर्षाको कारण जयपृथ्वी राजमार्ग पहिरोका कारण बझाङ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ। यस्तै, साँफेबगर– मार्तडी सडक खण्ड पनि पहिरोले गर्दा अहिले अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै केआई सिंह राजमार्ग अन्तर्गत रडुवामा पहिरोका कारण पटक–पटक राजमार्ग अवरुद्ध भइरहेको छ भने प्रहरीले खुलाउने कार्य गरिरहेको प्रदेश प्रहरी प्रवक्ता बिष्टले बताए । दार्जुला सडक खण्डको शैल्यशिखर र मालिकार्जुन गाउँपालिकाको सिमाना पनेबाँजमा पहिरोका कारण सडक अवरुद्ध हुने र खुलाउने अहिले काम भइरहेको छ । बझाङ र बाजुरामा भने अहिले सडक अवरुद्ध हुँदा आवागमन बन्द रहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा प्रहरीले स्थानीय तह र अन्य सरकारी निकायका एक्स्काभेटर लगायर सडक खुलाउने काम गरिरहेको छ। प्रदेशभर सबै प्रहरी युनिटमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताइएको छ ।
त्यस्तै कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली, र महाकाली नदीको पानीको बहाउको प्रहरीले निगरानी गरिरहेको प्रदेश प्रहरी प्रवक्ता बिष्टले बताए। उनले नेपाल प्रहरीले सशस्त्र प्रहरी बल र नेपाली सेनासँग समेत विपदमा मिलेर काम गर्न समन्वय गरिरहेको बताएका छन् । सुदूरपश्चिममा विपदको सामना गर्न करिब ११ सय प्रहरी तैनाथ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।
