
Lnp
Srbpu
cjs
Sgr
Unsku
Rgp
Pbu
sbs
Pes
Rgp1
Djs
Gfs
pku
Ggp

Ssm
Rgu
Gst
Wsp
Rsb
nsb
Bbbpu
Sls
Rgu
Tsm
Pvg
Vor
Hal
Asm
Rgs
Bbu
Ksm
Ggd
Sbs

Pls
Rmb
Mks
Jmb
Rpp
sab
Ptm
Syp
Gsb
Jmb
bbt
Abd
Bml
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।
त्यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
