आज लुम्बिनी सहित विभिन्न स्थानमा धेरै भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो देशभर साधरणतया बदली […]

राजपुरमा श्रीमानद्वारा रड प्रहार गरि श्रीमतीको हत्या

दाङ । देउखुरीको राजपुरमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर १ रसरी बस्ने वर्ष ३८ का गणेश घर्तीले आफ्नै श्रीमती वर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले […]

पोखरामा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जनाको उपचार हुँदै

पोखरा । पोखरामा स्कुल बस दुर्घटनामा हुँदा २ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना […]

देउखुरी मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा फर्निचरको काम गर्दै आएका पोक्सर बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए । मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै […]

राप्तीकाे शंकर सामुदायिक वन क्षेत्रमा २ सय आँपका बिरुवा राेपियाे

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ८ कहलुवा स्थित शंकर सामुदायिक वन क्षेत्रमा करिब २ सय आँपका बिरुवा राेपिएकाे छ । राप्ती गाउँपालिकाकाे सहयोग तथा शंकर सामुदायिक वन उपभोक्त समितिकाे समन्वयमा साेमबार उक्त सामुदायिक वनकाे खाली क्षेत्रमा बिरुवा राेपिएकाे हाे । बिरुवा राेपण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर,प्रदेशसभा सदस्य इन्द्रजित थारु,राप्ती […]

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी […]

लमही चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न,प्रेस सँयोजकमा गोरक्षकर्मी नियुक्त

लमही । देउखुरीको लमहीमा रहेको लमही चेम्बर अफ कमर्सको छैठौँ साधारण सभा सम्पन्न भएको छ । देउखुरीको धार्मिक तथा पर्यटकिय स्थल रिहारमा आयोजित साधारण सभाले गोरक्षकर्मी टेकबहादुर पुनलाई सँस्थाको प्रेस संयोजकको पदमा नियुक्ती गर्ने निर्णय गरेको हो । सँस्थाको बिधान अनुसार उनलाई प्रेसको जिम्बेपारी सुम्पिएको सँस्थाका अध्यक्ष सितल भुषालले जानकारी दिए । पत्रकार टेकबहादुर पुन […]

त्रिशूली नदीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । गत असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद […]

राप्ती गाउँपालिकाद्वारा एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । पालिकाले विद्यार्थीहरुमा वातावरणीय चेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजनाअनुसार तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उक्त बिरुवा वितरण गरेको हो । वडा नं.४ मा रहेको माध्यमिक विद्यालय माैरीघाट,६ मा रहेकाे ज्ञानाेदय माध्यिमिक विद्यालय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]