
Msbg-2
jsbr-3
Gsbg-3
Rksr-7
Pbu
ksbl-7
Csbg-7
Jsbg-7
Gsbr-6
Usbl-7


लमही । देउखुरीको लमहीमा रहेको लमही चेम्बर अफ कमर्सको छैठौँ साधारण सभा सम्पन्न भएको छ ।
देउखुरीको धार्मिक तथा पर्यटकिय स्थल रिहारमा आयोजित साधारण सभाले गोरक्षकर्मी टेकबहादुर पुनलाई सँस्थाको प्रेस संयोजकको पदमा नियुक्ती गर्ने निर्णय गरेको हो । सँस्थाको बिधान अनुसार उनलाई प्रेसको जिम्बेपारी सुम्पिएको सँस्थाका अध्यक्ष सितल भुषालले जानकारी दिए । पत्रकार टेकबहादुर पुन देउखुरीको लमहीमा रहेर पत्रकारिता गर्दै आईरहेका छन ।
लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा सँस्थाका सँस्थापक अध्यक्ष अजय न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले ब्यबसाय साथीहरुको हकहितका निम्ति चेम्बर सधै लागिपर्ने बताए । ब्यसायीहरुको पिरमर्कामा सधै अग्रसर हुने बताउँदै उनले एकताको सन्देश दिन चेम्बरको स्थापना भएको र सामाजिक क्षेत्रमा सहयोगको आभास दिलाउन चेम्बर सधै लागिपर्ने बताए ।
त्यस्तै सँस्थाका अध्यक्ष सितल भुषालले ब्यापारीलाई प्रबर्धन तथा चलायमान गराउने गराउन चेम्बरको खाँचो रहेको बताए । बिपत, बाढीमा परेका हरुलाई सहयोग गरेको स्मरण गर्दै अध्यक्ष भुषालले सामाजिक क्षेत्रमा पनि चेम्बर सक्रिय रहेको बताए । लमहीका विभिन्न चोकहरुमा चेम्बरले जानकारी मुलक बोर्ड स्थापना पनि गरेको छ । साथै आगलागी, बाढीबाट प्रभाबित विभिन्न क्षेत्रहरुमा पुगेर चेम्बरले दुखमा मल्हम लगाउने कामपनि गरेको छ ।
स्वागत मन्तब्य प्रस्तुत गर्दै सँस्थाका उपाध्यक्ष शसिराम नेपाली सरकारले लिएको मौद्रिक नीतिले निजि क्षेत्रलाइ उत्साहित पारेको बताए । निजि क्षेत्रले केही बर्षदेखी शिथिल रहेको अर्थ बजार पुन: चलायमाण हुने आशा राखेको उनको भनाई छ । सँस्थाका महासचिब केशब अधिकारीले कार्यक्रमको सहजिकरण गर्दै आर्थिकबर्ष २०७९/०८० को ७ लाख ३१ हजार ४ रुपैयाको आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।
हाल सँस्थामा लमही नगरपालिका अन्तरगतका ब्यबसाय गर्दै आएका एकसय बढि आबद्ध छन् । सँस्थाले सदस्य सँख्या बढाउन घरदैलोमा जाने निर्णय समेत गरेको छ ।

