
Rksr-7
Usbl-7
Gsbg-3
jsbr-3
ksbl-7
Gsbr-6
Jsbg-7
Csbg-7
Pbu
Msbg-2


काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानाएको छ ।
