Sidha Patra आइतबार, भाद्र २३, २०८१

धनगढी । आजदेखि पश्चिम नेपालको थारु समुदायहरुमा अट्‍वारी पर्व सुरु भएको छ ।

कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतबार र सोमबार अट्‍वारी पर्व मनाइने प्रचलन रहँदै आएको हो । अट्‍वारी आज र भोलि (भदौ २३ र २४ गते) परेको छ ।

यसैबिच लुम्बिनी प्रदेश र सुदूरपश्चिम सरकारले अट्‍वारी पर्वको अवसरमा आज १ दिन सार्वजनिक विदा दिएको छ । ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यस पर्व थारु समुदायमा निकै मौलिक ढङ्गले मनाइन्छ । प्रायः आइतबार नै मनाइने हुँदा पर्वको नाम पनि ‘अट्‍वारी’ नामकरण हुन गएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् । असत्य माथि सत्यको जीत र नारी सम्मानको प्रतीक नै अट्‍वारी पर्वको विशेषता रहेको समेत थारुको भनाइ छ ।

अन्डी धानको खोजी

त्यस्तै पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रूपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ । अन्डी धान भएको घरमा पर्व नै खल्लो हुने या पर्व नै अपुरो हुने थारु बुद्धिजीवीहरू बताउँछन् । जुन कारण कोही पर्व सुरु हुनु पहिलै आफ्ना इष्टमित्र, साथीभाइ सँग सगुनकै लागि भएपनि खरिद गरेर त कोही अन्य धानको चामलसँग अन्डी धानको चामल साटेर भएपनि पर्व मनाएको पाइन्छ ।

कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीका चुनीलाल चौधरी केही दिन अगावै पर्वमा चाहिने अन्डी धानको जोहो गर्नमा लागेको सुनाउँछन् । अन्डी धान एक किसिमको रैथाने प्रजातिको धान हो । अट्‍वारीकै लागि भएपनि अन्डी धान रोप्ने गरिएपनि अचेल विभिन्न उन्नत तथा हाईब्रिड जातका धान रोप्ने प्रबृतिले अन्डी धान लोप हुदै गएको छ । थारु समुदायमा अन्डी धानको छुट्टै महत्त्व रहेको छ ।

अट्‍वारीको ऐतिहासिकता

अट्‍वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्‍वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले श्रद्धापूर्वक पूजाआजा गर्छन् । कुनैबेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्‍वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहि आएको हो ।

त्यस्तै अर्को किंवदन्ती अनुसार एक समयमा द्रौपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबिच निकै घनिष्ठता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरू टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात् फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्‍वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।

मनाउने विधि र अग्रसनको महत्त्व

सामान्यतया अट्‍वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउछ । जुनअनुसार चालु वर्ष भदौ २३ र २४ अट्‍वारी पर्व परेको हो । आइतबार भन्दा अघिल्लो राति (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहानै पूजापाठ अर्थात् ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरूलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।

यसैगरी उता विवाहित चेलीबेटीहरू माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मान सम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]