कोशी नदीमा बेपत्ता गोताखोरको शव भेटियो

सप्तरी । विपद उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आज भेटिएको छ । त्यस्तै सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै भेटिएको जिल्ला प्रहरी […]

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते

दाङ । तुलसीपुर उपमहानगरपलिका वडा नम्बर १३ बखरियमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । एक जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घटना बारे थप विबरण आउन बाकी रहेको छ ।

गढवामा गढवा चेम्बर अफ कमर्स गठन,अध्यक्षमा सन्तौष कौशल चयन

दाङ । देउखुरीको गढवामा गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । सनिबार गढवामा एक कार्यक्रमको आयोजना गरि गढवा चेम्बर अफ कमर्स गठन गरिएको हो । स्थानीय व्यवसायीहरुको साझा संस्था गढवा चेम्बर अफ कमर्सको शनिबार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । ब्यबसायी तथा बुद्धिजीवी सन्तोष कौशलको सँयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका […]

गोरखा स्कुल घोराहीमा चालक र सहचालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना

दाङ । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोरहीको आयोजनामा शनिबार आज ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सडक दुर्घटना न्यूनीकरण,ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सवारी चालक तथा सहचालकहरुको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी […]

आज देशभरका मस्जिदमा बकर इद (इदुल जोहा)मनाइँदै

काठमाडौँ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ […]

राप्ती गापा शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित

दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मानित भएको छ । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा राप्तीलाई छनोट गर्दै सम्मान प्रदान गरेको हो। प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका उत्कृष्ट पालिका,विद्यालय र प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिको सिफारिसमा […]

बिकास योजनाहरुको मोडेल हेर्न गुल्मीका जनप्रतिनिधि र कर्मचारीहरु दाङको गढवामा

दाङ । गढवा गाउँपालिकाले गरेको बिकास योजनाहरुको मोडेलको अध्ययन अवलोकन गर्न गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ को टोली शुक्रवार दाङको गढवामा आएको छ ।जनप्रतिनिधी,कर्मचारी र टोल बिकास संस्थाका अगुवाहरुले गढवा गाउँपालिका वडा नम्बर ५ ले टोल बिकास संस्थाहरुको अगुवाईमा भए गरेका कामहरुबारे स्थलगत अवलोकन तथा छलफल र अन्तरक्रिया गरेको हो । टोलीलाई गढवा गाउँपालिका […]

बाजुराको बाम्का बजारमा भीषण आगलागी हुँदा ठुलो धनमालको क्षति

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर -८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । आज दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति […]

गृहमन्त्री लेखकमाथि छानबिन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरुको निर्णय

काठमाडौं । प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ । शुक्रबार आज बानेश्वरस्थित संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]