टेकबहादुर पुन/जिल्ला ब्युरो आइतबार, जेठ २५, २०८२

दाङ । देउखुरीको गढवामा गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ ।

सनिबार गढवामा एक कार्यक्रमको आयोजना गरि गढवा चेम्बर अफ कमर्स गठन गरिएको हो । स्थानीय व्यवसायीहरुको साझा संस्था गढवा चेम्बर अफ कमर्सको शनिबार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

ब्यबसायी तथा बुद्धिजीवी सन्तोष कौशलको सँयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्य एबम् लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका सदस्य शँकर गौतम र लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको बिशेष आतिथ्यमा चेम्बर गठन गरिएको हो ।

सन्तोष कौशलको अध्यक्षतामा १५ सदस्यिय गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा पर्बल रसाईँली,उपाध्यक्ष शिवलाल पोखरेल,महासचिब हिरालाल चौधरी,सचिब प्रतीक्षा पौडेल,कोषाध्यक्ष समीर खान,सह-कोषाध्यक्ष ओमप्रकाश चौधरी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा होमराज रिजाल, चन्द्रकान्त शर्मा, देबेन्द्र श्रेष्ठ, चुरमिणी चौधरी, बेदनारायण चौधरी, कुस्सु चौधरी, कृष्णबहादुर आले र जागेश्वर चौधरी निर्बिरोध चयन भएका हुन । सँस्थाको सल्लाहकारमा हरि प्रसाद भण्डारी चयन भएका छन् । अन्य सल्लाहकार र प्रेस सँयोजक सँस्थाको आगामी बैठकमा मनोनित गर्ने निर्णय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका सचिव अजय न्यौपानेले संस्थागत व्यवसाय प्रवर्द्धन र नीति निर्माणमा स्थानीय चेम्बरहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले हरेक ब्यबसायीको हकहितमा बुलन्द आवाज सहित सुखदुखमा सक्रिय भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी चेम्बर अफ कमर्सका सदस्य शँकर गौतमले गढवा क्षेत्रको व्यवसायिक सम्भावना पहिचान गर्न स्थानीय नेतृत्वले चेम्बरमार्फत दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेश चेम्बरको तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्धता जनाए ।
कार्यक्रममा लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालले आफ्नो अनुभव सुनाउँदै लमहीमा चेम्बर गठनपछि व्यवसायिक संरचना कसरी सुदृढ हुँदै गएको थियो भन्ने चर्चा गरे । उनले गढवाका व्यवसायीहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्दै नवगठित चेम्बरलाई क्षेत्रीय व्यवसाय प्रवर्द्धनको केन्द्र बनाउन सकिने बताए ।

त्यस्तै संस्थाको अध्यक्षको जिम्मेवारी पाएका सन्तोष कौशले स्थानीय स्तरमा व्यवसायको संरक्षण, प्रवर्द्धनमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सहभागीहरूले चेम्बरमार्फत व्यवसायी हकहित संरक्षण,तालिम कार्यक्रम, बजार विस्तार, लगानी प्रवर्द्धन तथा सरकारी निकायसँग समन्वय गरिने बताए । समितिले आगामी दिनमा विधान निर्माण, दर्ता प्रक्रिया र सदस्यता संकलन लगायतका काम अघि बढाउने जनाएको छ ।

यस नयाँ संस्थाको गठनसँगै गढवा क्षेत्रको व्यवसायिक परिचय अझ स्पष्ट हुने तथा स्थानीय व्यवसायीहरूलाई साझा प्लेटफर्म उपलब्ध हुने विश्वास गरिएको छ । नवगठित पदाधिकारीहरुलाई अबिर दोसल्लाले बधाई ज्ञापन गरिएको थियो । कार्यक्रमको सहजिकरण लमही चेम्बर अफ कमर्सका महासचिब केशब अधिकारीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]