
Gisld
Anm
Gmk
Pbu
Sds
Ksm
mbd
Mbdvs
Rbs

Rgu
Tsm
Rgs
Pvg
Asm
nsb
Rsb
Sbs
Ssm
Vor
Gst
Rgu
Bbbpu
Wsp
Sls
Ggd
Bbu
Ksm
Hal

sab
Rpp
Syp
Bml
Ptm
Abd
Pls
Jmb
bbt
Jmb
Rmb
Mks
Gsb
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए ।
त्यस्तै,उनले भने, ‘राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।’
त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको भएको धारणा राखे । ‘वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ’, यो राम्रो हो झाले भने ।
