Sidha Patra शनिबार, जेठ २३, २०८३

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का केन्द्रीय सदस्य तथा समानुपातिधक सांसद सुरेन्द्र चौधरीले प्रहरी प्रशासन र सरकारी वकिल माथि गम्भीर आरोप लगाएका छन् ।

घोराहीमा जारी पार्टीको प्रथम जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै नेता चौधरीले नेपाल प्रहरी, प्रमुख जिल्ला अधिकारी र सरकारी वकिलले चाहेमा जस्लाई पनि अपराधि करार गर्न सक्ने दोषारोपन गरेका हुन । उनले भने – ‘ पुलिसको मुद्दामा, सिडियो कार्यालयको मुद्दामा र सरकारी वकिल तीन जना मान्छे मिले यो हलका सबै मान्छेलाई अपराधि बनाइ दिन सक्छ र सबै अपराधि जति छन् तीनलाई निर्दौष बनाइदिन सक्छ ।’ केन्द्रीय सदस्य चौधरीले त्यसपूर्व हालसम्म देशमा नागरिकमा राज्यले जे भन्यो त्यही गर्नु पर्छ भन्ने चरित्र कायम रहेको हुँदा त्यो भत्काउन आवश्यक रहेको तथा नागरिकले जस्तो चाह्यो राज्य त्यस्तै बन्नु पर्ने बताए ।

त्यस्तै,नीति तथा कार्यक्रममा राष्ट्र निर्माण र राज्यको चरित्र निर्माण जस्ता दूई वटा कुरा स्पष्ट उल्लेख रहेको भन्दै उनले प्रधानमन्त्री शाह संगको पहिलो छलफलमा आँफुले राज्यको चरित्र बदल्ने कुरा उठाएको दाबी गरे । कार्यक्रमका प्रमुख बक्ता चौधरीले अहिलेको राज्यको त्यो चरित्रलाई अब तोड्नु पर्ने धारणा राखे । अर्थमन्त्री रामेश्वर खनालले त्यो कुरा केही दिन पहिले र सभापति रबि लामिछानेले पटक / पटक त्यो कुरा बोली सकेको चौधरीले बताए ।

प्रधानमन्त्री बालेन शाहले राज्यको चरित्र निर्माण गर्नु पर्ने सबैभन्दा ठूलो उदेश्य तथा लक्ष्य रहेको हुँदा सोही अनुरुप अगाडि बढ्नु पर्ने सुझाए ।‘ हाम्रो म्यान्डेट निर्वाचनले जुन परिनाम दिएको छ त्यसको एउटै शब्दमा भन्नु पर्दाखेरी हामीलाई दिएको म्यान्डेट यो देशका मतदाताले भनेको जनमतले भनेको यो देशको चरित्र बदल भन्ने हो,’ उनले भने ‘ त्यो बदल्नलाई पहिला पार्टी बदल्नु पर्‍यो , पार्टीमा काम गर्ने मान्छे बदलनु पर्‍यो , पुरानै लिगेसी बोकेर काँग्रेस, एमाले, माओबादी दलाली गर्ने फाइल बोकेर जाने कमिसनको कुरा गर्ने यहाँ कहाँ बन्छ सकिदैन हाम्रो मिसन त राज्यको चरित्र बदल्ने हो ।’

त्यस्तै,उनले त्यसका लागि नैतिक शक्ति कायम गर्दै निष्ठा र इमान्दारिता कायम राख्न कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री शाहको एउटै शक्ति निष्ठा र इमान्दारिता भएको भन्दै उनले त्यो नै धेरै बलियो चिज भएको बताए । त्यही शक्तिका कारण सारा संसार लागेपनि एक जना ब्यक्ति(बालेन) लाई कसैले हराउन नसकेको उनले जिकिर गरे । सभापति लामिछानेले सोही कुरा बारम्बार भन्दै आएको तर्क गर्दै केन्द्रीय सदस्य चौधरीले अब त्यो अनुरुप अगाडि बढ्न पार्टी भित्रको संरचना र प्रक्रियामा सुधार हुनु पर्ने जोड दिए । ‘ मेरै गुट भन्ने आफ्नै पार्टी भित्र काँग्रेस एमाले जस्तो नहोस,’ उनले भने ‘ काँग्रेस एमाले माओबादी भित्र होटेलमा लग्ने मासुभात ख्वाउने प्रतिनिधिलाई किन्ने चुनाव गर्ने त्यही चिज सहन नसकेर हामी यहाँ सम्म आएका छौं त्यो चिज फेरि हाम्रो संस्कारमा देखियो भने हामीले कसरी राज्यको चिरत्र बदल्न सक्छौं, सक्दैनौं ।’

बदल्ने प्रक्रिया आँफूबाटै सुरु गर्दै दलमापनि लागु हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले त्यसपछि त्यो दल सरकारमा पुगेपनि त्यही संस्कार बन्ने बताए । पुराना दलहरुले ब्यबस्था बदलेपनि जनताको अवस्था बदल्न नसकेको भन्दै उनले अहिलै प्रधानमन्त्री शाह र सरकारको आलोचना तथा बिरोध गर्ने समय भइ नसकेको हुँदा धैर्यता गर्न आग्रह गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]