पुरुषका लागि भारतले बनायो गर्भनिरोधक सुई

काठमाडौं । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो । अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको […]

आज इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको शव ल्याइएको हो । इजरायलमा हमासको आक्रमणमा परी […]

लेबनानद्वारा इजरायलमाथि मिसाइल आक्रमण

एजेन्सी । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। दक्षिणी लेबनानबाट इजरायलको स्तूला गाउँलाई लक्षित गरेर उक्त मिसाइल प्रहार भएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो सूचना प्रशारण भएको थियो।उक्त हमलामा गाइडेड मिसाइलको प्रयोग भएको छ। त्यस्तै हमलाबाट एक जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। […]

युद्धग्रस्त इजरायलबाट २ सय ५० जना नेपाली विमान चढे

काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्। नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन्। नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीवार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए। नेपाल फर्किन चाहेका करिब चार […]

चार देशका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । चार देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा फ्रान्स, संयुक्त अरब इमिरेट्स, कुवेत र स्वीट्जरल्यान्डका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्र्रहण गरेका हुन् । त्यस्तै नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि […]

प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ पुगे,चिनियाँ राष्ट्रपतिसँग आजै भेटवार्ता हुने

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुग्नु भएको छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुग्नु भएको हो । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुग्नु भएका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको […]

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेट

काठमाडौं । संयुक्त राष्ट्र संघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच राष्ट्र संघको मुख्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भयो। त्यस्तै दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव […]

मोरक्कोमा भूकम्प जादा २ सय ९६ जनाको मृत्यु

काठमाडौं । मोरक्कोेमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुुरुमा ३१.११ डिगि्र उत्तर अक्षांश र ८.४४ डिगि्र पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले […]

विचारधीन रहेको पेसी सरेपछि सन्दीप एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको हो । पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिनु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]