Sidha Patra बुधबार, आश्विन १०, २०८०

काठमाडौं । चार देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा फ्रान्स, संयुक्त अरब इमिरेट्स, कुवेत र स्वीट्जरल्यान्डका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्र्रहण गरेका हुन् ।

त्यस्तै नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि सरकारले फ्रान्सका लागि नेपाली राजदूतमा सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतमा घनश्याम लम्साल र स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ विशेष समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूतमा नियुक्त गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]