Sidha Patra मंगलबार, कार्तिक १४, २०८०

दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीलाई पछिल्ला केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ ।

पछिल्लो पटक सोमबार उनलाई ४ खर्ब रुपयाँ नदिए ज्यान मार्ने धम्कीसहितको एक इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै खालको यो तेस्रो धम्कीपूर्ण इमेल भएको समाचारमा उल्लेख छ ।

यस अघि भने उनीसँग २ अर्ब रुपयाँ मागिएको थियो । अगाडि पठाएको मेलको जवाफ नआएको भन्दै पछिल्लो मेलमा रकम बढाएर पठाइएको प्रेषकले बताएका छन् । अम्बानीका सुरक्षा सुपरभाइजरले शुरुआती इमेल लगत्तै गामदेवी प्रहरी थानामा एफआईआर लेखाएका थिए ।

शुक्रबार एक अज्ञात प्रेषकबाट २ अर्ब भारु नदिए अम्बानीको ज्यान मार्ने धम्की दिँदै मेल आएको थियो । कम्पनीको नाममा सोमबार तेस्रो मेल आएको थियो । इमेल पठाउने व्यक्तिको खोजीलाई प्रहरीहरुले तीव्र पारेको बताइएको छ ।

त्यस्तै गएको वर्ष पनि मुकेश अम्बानी र उनको परिवारको सदस्यहरुलाई मार्ने धम्की दिने बिहार दरभंगाका एक व्यक्तिलाई मुम्बई प्रहरीले समातेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]