
Ratbs
syysr
Ssbus
Gsbus
Pbu
Syees
Gsl
gms
Csbus
dsbus
Jsbus
Nssbus7
Bksbus5
Amb
Ddhbs
Rbs

Gst
Sbs
Sls
Bbbpu
Ksm
Ssm
Tsm
Vor
Pvg
nsb
Bbu
Asm
Rgu
Rgs
Wsp
Rsb
Ggd
Rgu
Hal

Pls
Bml
Rmb
bbt
Syp
Abd
Mks
Ptm
sab
Rpp
Jmb
Jmb
Gsb
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।
नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए ।
त्यसअघि सोही दिन दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उनले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गरेका थिए । नेपालमा रहँदा उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । त्यहाँबाट उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै उनले संघीय संसदमा पनि जलवायु परिवर्तनको असरबारे बोल्दै जलवायु परिवर्तनको संकटमा नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिएका छन् । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता समेत गरेका थिए ।
