
Mbdvs
mbd
Sds
Rbs
Gisld
Pbu

Ksm
Rgu
Sls
Tsm
nsb
Gst
Pvg
Bbu
Ssm
Bbbpu
Sbs
Wsp
Asm
Hal
Ggd
Rgs
Vor
Rgu
Rsb

Rpp
Jmb
Gsb
Mks
Bml
bbt
Rmb
Ptm
Jmb
Pls
Syp
sab
Abd
प्योङयाङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ ।
सोमबार दिउँसो सी जिनपिङ उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । विमानस्थलमा किम जोङ उन र उनकी पत्नी री सोल जु स्वयं उपस्थित भई सिको स्वागत गरेका थिए । सीको साथमा पत्नी फेङ लियुआन छिन् ।
राजधानी प्योङयाङका सडकहरू चिनियाँ झण्डाले सजाइएका थिए भने केही स्थानमा सी जिनपिङका विशाल तस्बिरहरू पनि राखिएका थिए । यो भ्रमण सन २०१९ यता सी जिनपिङको पहिलो उत्तर कोरिया भ्रमण हो । साथै यो उनको यस वर्षको पहिलो विदेश भ्रमणसमेत हो । केही साताअघि सिले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै आतिथ्यता दिएका थिए ।
विश्लेषकहरूका अनुसार चीनले आफूलाई विश्व राजनीतिमा प्रभावशाली शक्ति र मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका बेला यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमलाई पठाएको सन्देशमा सी जिनपिङले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता समय र अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनसँगै अझ मजबुत बनेको बताएका छन् । हालका वर्षहरूमा उत्तर कोरिया र रुसबीच सम्बन्ध नजिकिँदै गए पनि चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक सहयोगी र कूटनीतिक साझेदार रहेको सन्देश दिन बेइजिङले यो भ्रमणलाई उपयोग गरेको विश्लेषण गरिएको छ ।
सीको भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमले किम जोङ उनले एक प्रमुख हतियार उत्पादन कारखानाको निरीक्षण गरेको जानकारी दिएका थिए । त्यहाँ उनलाई विभिन्न प्रकारका ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र उत्पादन विस्तारबारे जानकारी गराइएको थियो । गत साता उनले आणविक हतियार निर्माणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने नयाँ कारखानाको समेत निरीक्षण गर्दै देशको आणविक शक्ति तीव्र रूपमा विस्तार गरिने बताएका थिए ।
यद्यपि सी जिनपिङ र किम जोङ उनबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्यक्रम कति प्राथमिकतामा पर्नेछ भन्ने स्पष्ट छैन । चीनले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर लामो समयदेखि सावधानी अपनाउँदै आएको छ । यस्तो कार्यक्रमले क्षेत्रीय अस्थिरता बढाउन सक्ने र अमेरिकाको सैन्य ध्यान पूर्वी एसियातर्फ केन्द्रित गराउन सक्ने चिनियाँ चिन्ता रहँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्। आफ्नो पहिलो कार्यकालमा उनले किम जोङ उनसँग तीनपटक भेटवार्ता गरेका थिए । गत वर्ष किम जोङ उनले अमेरिका आणविक निःशस्त्रीकरणको मागबाट पछि हटे पुनः ट्रम्पसँग वार्ताका लागि तयार रहेको संकेत दिएका थिए । गत मे महिनामा बेइजिङमा भएको ट्रम्प–सी जिनपिङ भेटवार्तामा पनि कोरियाली प्रायद्वीपको अवस्थाबारे छलफल भएको थियो । रातोपाटी
