Sidha Patra शनिबार, साउन ०९, २०८३

काठमाडौँ । भारतको नयाँ दिल्ली लगायत विभिन्न स्थानमा जारी विद्यार्थी आन्दोलनमा भएको दमनप्रति नेपाली मानव अधिकारकर्मी ,नागरिक सङ्घसंस्था,प्राज्ञिक,कानुन व्यवसायी तथा युवा अभियन्ताहरुले गम्भीर सरोकार र ऐक्यबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै,दिल्लीको जन्तर-मन्तर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थी र पत्रकारहरुमाथि गरिएको चरम बल प्रयोगको उनीहरुले कडा शब्दमा निन्दा गरेका छन् । साथै देशभर यस्ता आन्दोलनहरुलाई निरुत्साहित गर्न र नागरिकहरुलाई त्रसित पार्न भारतीय अधिकारीहरुले चालेका हस्तक्षेपकारी कदमहरुको पनि भर्त्सना गरिएको छ ।

यस्तै,चिकित्साशास्त्रसँग सम्बन्धित परीक्षाका प्रश्नपत्रहरु बारम्बार बाहिरिएको घटनाको विरोध गर्दै विद्यार्थीहरुले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका थिए । जबाफदेहिताको माग गर्दै संसद् भवनतर्फ अगाडि बढेका प्रदर्शनकारीहरुलाई शान्तिपूर्ण रुपमा अघि बढ्न दिनुको सट्टा दिल्ली प्रहरी र र्‍यापिड एक्सन फोर्स (राफ) ले लाठीचार्ज,अश्रुग्यास प्रहार तथा अन्य दमनकारी कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।

सबै प्रकारका दमनकारी कदमको विरोध गर्दै नेपाली अधिकारकर्मीहरुले आफ्ना मौलिक स्वतन्त्रताको शान्तिपूर्ण अभ्यास गरिरहेका विद्यार्थी, मानव अधिकारकर्मी, पत्रकार र कानुन व्यवसायीहरुप्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रदर्शन नियन्त्रणका क्रममा भारतीय संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी दायित्वको पालना गर्न तथा लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन र मानव मर्यादाको सम्मान कायम राख्न उनीहरुले भारत सरकारसमक्ष आग्रह गरेका छन् ।

त्यस्तै,उक्त विज्ञप्तिमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित,पूर्व मानवअधिकार आयुक्त सुशील प्याकुरेल,शोभाकर बुढाथोकी, मोनिका निरौला, नीतु पोखरेल,अभिषेक अधिकारी,रुप सुनार, एमडी नयिम रैन,मुकुन्द राज कट्टेल, सुशील बी.के.,भक्त विश्वकर्मा,श्याम कुमारी साह, नरेन खतिवडा, रियाब बनिया, अश्मिता सापकोटा, मजिद अन्सारी,अमित उर्जा,हिमाली दीक्षित र सोम निरौलासहित १९ जनाले हस्ताक्षर गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]