लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस सम्पन्न,संघीयतालाई बलियो बनाउने आधारनै प्रदेश

दाङ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो । मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए […]

लुम्बिनी प्रदेशको स्थापना दिवस,आज प्रदेशभर सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मुल […]

अख्तियारद्वारा सिराहा प्रादेशिक अस्पतालका १० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिराहा । सिराहास्थित प्रादेशिक अस्पतालमा मिलेमतोमा भर्ना गरिएका करारका कर्मचारीले राजस्व हिनामिना गरेको पाइएपछि अस्पतालका दुईजना पूर्वप्रमुखसहित १० जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले ३८ लाख ७७ हजार हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले अस्पतालका तत्कालीन प्रमुखहरू डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादवसमेतले बिलिङ […]

आजबाट निर्वाचन सुरक्षाका लागि फिल्डमा उत्रियो नेपाली सेना

काठमाडौं । आगामी फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार(आजबाट) नेपाली सेना परिचालन भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार नेपाली सेना आजदेखि फिल्डमा निस्किएको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत आजबाट देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरु ले आवश्यकता अनुसार […]

लमहीमा जारी महोत्सवको म्याद पाँच दिन थप,माघ २५ गते समापन हुने

दाङ । देउखुरीको लमहीमा सञ्चालन भइरहेको तेस्रो कृषि, उद्योग,पर्यटन तथा व्यापारिक महोत्सवको अवधि पाँच दिन थप गरिएको छ । यसअघि माघ २० गतेसम्म सञ्चालनका लागि स्वीकृति पाएको महोत्सव अब माघ २५ गतेसम्म सञ्चालन हुने भएको हो । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन अवधिमै केही दिन बन्द गर्नुपरेपछि आयोजकको आग्रहमा लमही नगरपालिका र जिल्ला प्रशासन कार्यालय […]

दाङमा मार्ट र होटलमा छड्के अनुगमन,बिग्रिएको तेल नष्ट, स्वास्थ्यप्रति गम्भीर बन्न निर्देशन

दाङ । तुलसीपुरमा पछिल्लो समय खाद्य तथा किराना व्यवसायीहरुमा सुधार देखिन थालेको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले बजार अनुगमनलाई तीव्रता दिएसँगै खाद्य सुरक्षाको अवस्थामा सकारात्मक परिवर्तन देखिएको हो । अनुगमनका क्रममा यसअघि म्याद नाघेका खाद्यवस्तु,अखाद्य वस्तुको मिसावट, रंग मिसाइएको खानेकुरा,उत्पादन तथा उपभोग्य मिति […]

लमही नगरपालिका र कृषक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । लमही नगरपालिका र सहकारी संस्था तथा स्थानीय कृषकहरुको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कृषकका गुनासोहरु नगरपालिकाका लागि गम्भीर विषय भएको बताउँदै प्राथमिकताका साथ समाधान गरिने प्रतिवद्धता जनाए । उनले कृषकको समस्यालाई योजनामा समेटी दीर्घकालीन समाधानतर्फ नगरपालिका अघि बढ्ने बताए । उपप्रमुख लक्ष्मी योगीले […]

तेह्रथुममा शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापक खतिवडालाई नौ महिना कैद फैसला

काठमाडौं । अदालतले सहकर्मी शिक्षिकामाथि विद्यालयमै जातीय विभेद गर्ने तेह्रथुमको अठराई गाउँपालिका वडा नम्बर– ७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडालाई नौ महिना कैद सजाय गरेको छ । तेह्रथुम जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको आइतबारको इजलासले २२ वर्षीया शिक्षिका एलिसा विश्वकर्मामाथि खतिवडाले गरेको जातीय छुवाछुतमा दाबी पुग्ने फैसला गर्दै नौ महिना कैद, ७५ हजार जरिवाना […]

सर्लाही जिल्लामा पहिलोपटक आमाको नामबाट छोरालाई नागरिकता प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले इतिहासमै पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ। सोमबार लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको हो । नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नियमावलीको चौथो संशोधनको आधारमा यो नागरिकता जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले बताए। बाबु विदेशी र आमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]