
Ses
Unsku
Rgp
Rgp1
Srbpu
Djs
Pes
Pbu
cjs
Ggp
Gfs
Sgr
pku
Lnp

Asm
Ggd
Ssm
Sbs
Rsb
Rgu
Rgs
Tsm
Wsp
Bbu
Pvg
nsb
Rgu
Hal
Sls
Bbbpu
Vor
Ksm
Gst

Jmb
Bml
Gsb
Rmb
Jmb
Abd
bbt
Ptm
Pls
Mks
Syp
Rpp
sab
दाङ । देउखुरीको लमहीमा सञ्चालन भइरहेको तेस्रो कृषि, उद्योग,पर्यटन तथा व्यापारिक महोत्सवको अवधि पाँच दिन थप गरिएको छ ।
यसअघि माघ २० गतेसम्म सञ्चालनका लागि स्वीकृति पाएको महोत्सव अब माघ २५ गतेसम्म सञ्चालन हुने भएको हो । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन अवधिमै केही दिन बन्द गर्नुपरेपछि आयोजकको आग्रहमा लमही नगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङले महोत्सव अवधि थपको स्वीकृति दिएको हो ।
बीचमै महोत्सव बन्द हुँदा व्यवसायी,दर्शक तथा सहभागीहरु प्रभावित भएपछि सबै पक्षको हितलाई ध्यानमा राख्दै म्याद थप गरिएको जनाइएको छ । आयोजक संस्था लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीले प्रतिकूल मौसमका कारण महोत्सव अपेक्षित रुपमा सञ्चालन हुन नसकेको बताए ।
“अचानकको वर्षा र मौसम खराबीका कारण केही दिन महोत्सव बन्द गर्नुपर्यो,” उनले भने, “त्यसले व्यवसायी र दर्शक दुवैलाई असर पारेकाले सम्बन्धित निकायसँग समन्वय गरी म्याद थप गरिएको हो ।
त्यस्तै महोत्सव व्यवस्थापक बिनोद बुढाथोकीका अनुसार म्याद थप भएसँगै महोत्सव अब नियमित रुपमा सञ्चालन हुनेछ । उनले थपिएको अवधिमा महोत्सवलाई अझ व्यवस्थित,सुरक्षित र आकर्षक बनाइने बताए । “दर्शकको सहज सहभागिता सुनिश्चित गर्न व्यवस्थापन पक्षलाई थप सुदृढ गरिएको छ,” उनले भने, “व्यवसायीहरुलाई पनि आफ्नो कारोबार विस्तार गर्ने थप अवसर मिलेको छ ।”
तेस्रो कृषि,उद्योग,पर्यटन तथा व्यापारिक महोत्सवको मुख्य उद्देश्य स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका वस्तुहरूको प्रवर्द्धन गर्नुका साथै पर्यटन विकासमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ । महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण,स्वरोजगार सिर्जना र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य लिइएको छ ।
महोत्सव स्थलमा कृषि उपज,घरेलु उद्योगका सामग्री, हस्तकला,खाद्य परिकार,पर्यटनसम्बन्धी सूचना तथा विभिन्न व्यापारिक स्टलहरु राखिएका छन् । साथै,दैनिक सांस्कृतिक कार्यक्रम,स्थानीय कलाकारहरुको प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरुले महोत्सवलाई थप आकर्षक बनाइरहेको छ ।
आयोजक लमही चेम्बर अफ कमर्सले महोत्सव सफल बनाउन सहयोग गर्ने लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय दाङ,सुरक्षाकर्मी, व्यवसायी,पत्रकार,राजनितिक दल,संघसँस्था लगायत सम्पूर्ण दर्शकप्रति धन्यवाद ज्ञापन गरेको छ । मौसम अनुकूल रहेमा माघ २५ गतेसम्म महोत्सव उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न हुने विश्वास लिइएको छ ।
