
Ggp
Srbpu
Pbu
Djs
Pes
Gfs
Unsku
Sgr
pku
Rgp
Ses
cjs
Rgp1
Lnp

Sls
Hal
Ssm
Sbs
Rgs
Bbbpu
Ggd
Rgu
Pvg
Vor
Rsb
Gst
Bbu
Wsp
Tsm
Rgu
Asm
Ksm
nsb

Syp
Rmb
Abd
Ptm
Gsb
Rpp
Mks
Pls
sab
bbt
Bml
Jmb
Jmb
काठमाडौं । आगामी फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार(आजबाट) नेपाली सेना परिचालन भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार नेपाली सेना आजदेखि फिल्डमा निस्किएको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत आजबाट देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरु ले आवश्यकता अनुसार गस्ती गर्ने बताइएको छ । संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ । ‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेतले भने ।
मन्त्रिपरिषदको सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो ।
९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो । अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरु पनि सुरु भएका छन् ।
यस्तै सेनाले निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । त्यसका लागि सुर्खेत, पोखरा,काठमाडौं, विराटनगर,इटहरी गरी पाँच ठाउँमा हेलिकप्टर पनि ‘स्टान्डबाई’ राखिएको सेनाले जनाएको छ ।
विकट ठाउँ तथा अतिसंवेदनशील क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको छ । निर्वाचनकै अवधि र निर्वाचनपश्चात मतपेटिका ढुवानीको काममा समेत हेलिकप्टरको प्रयोग हुनेगरी व्यवस्था मिलाइएको सहायक रथी बस्नेत बताउँछन् । केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने बताइएको छ । सडक सञ्जाल नपुगेका ठाउँहरुमा पनि हेलिकप्टरमार्फत मतपेटिका,मतपत्र ढुवानी सेनाले गर्नेछ ।
त्यस्तै निर्वाचन सकिएपछि पनि यस्ता ठाउँहरूमा हेलिकप्टरमार्फत नै मतपेटिका गणनास्थलसम्म ल्याउने काम सेनाले गर्नेछ । यस्तै सेनाले निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थ प्रयोग गर्नसक्ने जोखिमलाई ध्यानमा राखेर बम डिस्पोजल टोली पनि तैनाथ राखेको बताएको छ । त्यस्ता टोली अति संवेदनशील मतदानस्थल भएका क्षेत्रमा ‘अलर्ट’मा राखिएको छ ।
विमानस्थलदेखि कारागारको सुरक्षामा सेना निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि ठुलो संख्यामा खटिने भएपछि महत्वपूर्ण प्रतिष्ठानदेखि कारागार, विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यो अवधिमा महत्वपूर्ण प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने सहायक रथी बस्नेत बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य विमानस्थलहरु, कारागार कार्यालयहरू, सिंहदरबारलगायतका महत्वपूर्ण ठाउँ तथा प्रतिष्ठाहरुको सुरक्षा सेनाले गर्नेछ । यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो ।अनलाइनखबर
