
Pbu
Bs1
Gsl
दाङ । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज गढवामा समापन गरिएको छ । घर घरमा माओबादी जनजनमा माओवादी भन्ने मुल नाराका साथ माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका ६ हजार ७ सय ३४ वडामा ४ महिने अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा […]
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै खाजा बापत प्रत्येक मन्त्रिपरिषद बैठकमा करिब रु ६० […]
काठमाडौं । नेपाल सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिनु भयो । त्यस्तै ‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’ छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश […]
काठमाडौँ । प्रमुख ३ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी,कांग्रेस र एमालेका नेताहरूबिच बैठक सुरु भएको हो । त्यस्तै बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) को बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको […]
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । त्यस्तै मुख्यमन्त्री चौधरीले शनिबार दुई मन्त्री थप गर्नु भएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्री सहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ । यस्तै नयाँ मन्त्रिपरिषद नेकपा (माओवादी केन्द्र)बाट कृष्णा केसी खानेपानी, ग्रामीण तथा […]
पोखरा । पोखरामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । पोखरा स्थित अमरसिंह चौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । उक्त खोया प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने तयारी गरेको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान यहीँ पुस १६ गते व्यापक जनपरिचालन सहित पालिकास्तरमा समापन गर्ने तयारी भएको हो । माओवादी केन्द्रका अनुसार सबै पालिका,जिल्ला र प्रदेशहरूले अभियानको समग्र लिखित रिपोर्ट केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन पनि मातहतका कमिटीलाई निर्देशन दिइएको छ […]
दाङ । नेपाली काँग्रेसका संघिय सांसद डाक्टर सुनिल शर्माले नेपालमा रहेका मेडिकल कलेजहरु बन्द हुने अवस्थमा पुगेको बताएका छन् । उनले बार्षिक रुपमा ६ हजार बढी विद्यार्थीहरु डाक्टर पढनका लागि विदेश जाने गरेको बताए । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उनले सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेजका बन्द हुने अवस्थामा […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनतासंग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना […]