
Jsbr-3
Gsbr-6
Jsbg-7
Pbu
Rksr-7
Gsbg-3
Msbg-2
Usbl-7
ksbl-7
Csbg-7


पोखरा । पोखरामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।
पोखरा स्थित अमरसिंह चौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । उक्त खोया प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिएका छन् ।
