
Usbl-7
Gsbg-3
Csbg-7
Pbu
Gsbr-6
Msbg-2
Jsbr-3
Rksr-7
Jsbg-7
ksbl-7


दाङ । नेपाली काँग्रेसका संघिय सांसद डाक्टर सुनिल शर्माले नेपालमा रहेका मेडिकल कलेजहरु बन्द हुने अवस्थमा पुगेको बताएका छन् ।
उनले बार्षिक रुपमा ६ हजार बढी विद्यार्थीहरु डाक्टर पढनका लागि विदेश जाने गरेको बताए । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उनले सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेजका बन्द हुने अवस्थामा पुगेको दावि गरे । ‘सवै कलेजको शेयर विक्री भई सकेको छ, सञ्चालकहरुले पनि ९० प्रतिसत कलेज किनवेच गरि सकेका छन् – उनले भने ।’ उनले जिम्मेवार पदमा बसेका नेताको व्यक्ति गत स्वार्थ निहितका कारण शिक्षा र स्वास्थ्य क्षेत्र तहस नहस भएको उनको भनाई थियो ।
त्यस्तै उनले नेपालमा विद्यार्थीहरुलाई पढने वातावरण सरकारले बनाउनु पर्ने भन्दै देशको ठुलो बजेट विदेशीने गरेको बताए ।‘देशभरका कलेजहरु बन्द हुने अवस्थमा छन्, नेपालको करोडौ रकम बाहिर गएको छ यस तर्फ कोहि नेतृत्व जिम्मेवार छैन् –डा.शर्माले भने ।’ डा. शर्माले समान न्यायिक हिसावले बजेट विनियोजित नहुँदा दुरदराजमा वजेट पुग्न नसेको बताए ।
उनले दाङको चारलेन सडक तहसनहस हुँदा समेत नेताहरु मुकदर्शक भएको भन्दै अन्य जिल्लामा पनि यस्तै अवस्था आएको भन्दै यस तर्फ जिम्मेवार कोहुने भन्ने प्रश्न गरे । शर्माले पहुँचको भरमा भन्दा पनि आवश्यतकताको सिद्धान्तको हिसावले बजेट बाडफाट गर्न आफुले सदनमा कुरा उठाउने गरेको बताए । ‘सत्तामा रहेका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट हाल्ने परम्परा हावी भएको छ, यसको विरोधमा मैले विभिन्न समयमा केन्द्रमा कुरा उठाएको छु – शर्माले भने । ’ उनले आफ्नो अभियानमा सवैले साथ दिनुपर्ने समेत बताए ।
रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता शर्माले स्कुलमा टिन नभएको बच्चा,बचिले राम्रो शिक्षक नपायर शिक्षाबाट समेत बन्चीत हुनुपर्ने अवस्था अझैपनि दुरदराजमा रहेको बताए । उनले कुनै व्यक्ति विशेषको विरोध भन्दा पनि नेताहरुको कार्यशैलिको विरोध गरेको भन्दै अहिलेका प्रधानमन्त्री प्रचण्डले गरिव र दुरदराजका जनताले भोगेका समस्याहरु तर्फ ध्यान नदिएर आफ्तहरुलाई मात्र पोषणे काम गरेको आरोप लगाए । ‘अहिले ३० लाखको व्याग बोक्ने, लाखौको घडी लगाउने कुरा आई रहेको भन्दै गाउँघरको अवस्था कहानि लाग्दो भएको बताए । १० बर्षको जनयुद्धमा हजारौ घाइते अपाङ्गहरु र विभिन्न व्यक्तिहरु अहिले अंगभग अवस्थमा रहेको भन्दै सत्तामा पुगेपछि नागरिकको पक्षमा काम नगरेको दावि गरे । मेडिकल व्यवसायी समेत रहेका शर्माले नेपालमा ठुला ठुला कलकारखानाहरु बन्द भएको र अझैपनि चलेका उद्योगहरु बन्द हुने अवस्थामा रहेको बताए । उनले अव पनि नेताहरुको कार्यशैलि परिवर्तनका साथै सुधरीन आवश्यक रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य निमा गिरीले लुम्बिनी प्रदेश सरकारले विभिन्न लोकप्रिय कार्यक्रमहरु ल्याएको बताइन् । कार्यक्रमको सहजिकरण क्लबका महासचिव बिमल गौतमले गरेका थिए ।

