धर्वेन्द्र कुर्मी/कपिलवस्तु बिहिबार, पुष ०५, २०८०

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनतासंग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ।

नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना मशहूद खां नेपाली अतिथिमा दयानन्द त्रिपाठी, संदीप प्रताप मौर्य, नारायण कलवार, ध्रुव सापकोटा, मिठाई लाल चौहान, राम बहादुर थापा, मान्ती कोरी लगायत रहनुभयो।कार्यक्रममा शुभकामना मन्तव्य सरिता अर्यालले राख्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले अहिलेको सरकारले जनताको पक्षमा राम्रो कामहरू गर्दै आएको, जनताको माओबादी पार्टी प्रति आस्था बढ्दै गएको बताए । कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य राजेन्द्र आचार्यले माओबादी केन्द्रले संचालन गरेको बिशेष रूपांतरण अभियानले जनता र पार्टीको सम्बन्ध अझै प्रगाढ़ हुदै गएको बताए ।

कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले देश गरीबीको दलदलमा फसेको प्रति प्रधानमंत्री प्रचण्ड जिम्मेवारीका साथ निकास दिने बताउदै बिदेशिएका युवा हरूलाई स्वदेशमै रोजगार दिन सरकार हरेक सम्भव प्रयास गर्नुपर्ने साथै प्रचण्ड नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रको विकास तथा भ्रष्टाचार निवारण क्षेत्रमा राम्रो काम गर्दै आएको बताए।

कार्यक्रममा खुर्सेद आलम खान,आउददीन दर्जी, विमला आरख,साबुन निसा,चिन्की थारु,सन्ध्या भुज, मान बहादुर घर्ती मगर,शिव प्रसाद चाइ,जमिल अहमद मुसलमान,सहिद खान,आलम मुसलमान, सन्ध्या केवट,खदेरु पासी लगायत पार्टी समर्थक हरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रम संचालन सुदिप सारुले गरेका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]