Sidha Patra बिहिबार, कार्तिक ११, २०७८

चितवन । चितवनको भरतपुर महानगरपालिका-४ स्थित दुर्गा मन्दिर अहिले चर्चामा छ । दशैंको महानवमीका दिन मन्दिर नजिकै स्थानीय भीमबहादुर विकको कुटेर हत्या गरिएपछि उक्त मन्दिर चर्चामा रहेको छ ।

बिहीबार बिहान दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजना तथा विश्व ओमकार महासंघको समन्वयमा जातीय र धार्मिक विभेदको अन्त्य, सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले एक कार्यक्रम गरियो । कार्यक्रम लगत्तै प्रमुख अतिथि समेत रहेका भागवत् वाचक दीनबन्धु पोखरेलले दलित समुदायका महिलाहरुलाई मन्दिरभित्र प्रवेश गराएर पूजा गरे । स्वस्तिक वाचन गरे ।

त्यसक्रममा मन्दिरका पूजारी होमनाथ पोखरेल समेत सँगै थिए । स्थानीय जनप्रतिनिधिसमेत रहेकी कोपिला परियारले मन्दिरमा पूजा गरेर पण्डित दीनबन्धु पोखरेललाई टीका लगाएर प्रसाद दिइन् । परियारले आफूहरु मन्दिरमा प्रायः सधैं आएर पूजापाठ गर्ने, कसैले पनि विभेद नगरेको बताइन् । जातीय र धार्मिक कारणले भीमबहादुरको हत्या नभएको उनको दाबी छ ।

पण्डित पोखरेलले धर्मले घटना मन्दिरसँग सम्बन्धित नभएको बताए । समुदायमा सद्भाव कायम गर्न, दलित समुदायको मनोबल माथि उठाउन आफूहरु मन्दिरमा आएर दलित समुदायसँग पूजापाठ गरेको उनको भनाइ छ ।

दलित समुदायको मनमा रहेका दुविधा, उनीहरुमा रहेको आक्रोश र संकोचलाई कम गराउने भन्दै गरिएको उक्त कार्यक्रमको सञ्चालन दलित नेता समेत रहेका विश्व ओमकार महासंघका महासचिव कर्ण विश्वकर्माले गरेका थिए ।

महानवमीको दिन स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठको कुटपिटबाट ५८ वर्षीय भीमबहादुर विकको मृत्यु भएको थियो । कुटपिटमा संलग्नहरुलाई पक्राउ गरी प्रहरीले ज्यान मार्ने कसूरमा मुद्दा चलाएको छ । पोष्टमार्टम रिपोर्टमा भीमबहादुर विकको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको उल्लेख छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]