सुशिला ओली/घोराही बिहिबार, कार्तिक ११, २०७८

दाङ । व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिलाहरुको पहिचान गरी व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिम शुरु गरिएको छ ।

मुक्तकमलरी विकास मञ्चको आयोजना तथा आईएम नेपालको आर्थिक सहयोगमा दाङमा रहेका लक्षित वर्गका महिलाहरु मध्ये व्यवसाय गरिरहेका र गर्ने सोँच बनाएकाहरुलाई एकै थलोमा राखेर ३० जनालाई ८ दिने तालिम प्रदान गर्न लागिएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरी मञ्चले तालिम दिन शुरु गरेको छ । मञ्चकी कार्यवाहक अध्यक्ष विष्णु चौधरीको अध्यक्षता एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी व्यावसायिक शुरुवात तथा सुधार उद्यमशीलता विकास सम्बन्धी उक्त तालिमको उद्घाटन गरिएको छ ।

सो अवसरमा घरेलु कार्यालयका प्रमुख वलीले सरकारले साना उद्यमी तथा व्यवसायीहरुका लागि दिने सहुलियतमा सहभागी हुन साना व्यवसायी तथा उद्यमीलाई आग्रह गरे । साना उद्योगी व्यवसायीको लगानी डुब्न नदिन उनीहरुको सीप क्षमताको विकासका लागि यस प्रकारका तालिम निकै लभदायक हुने हुँदा तालिममा सिकेको सीप, ज्ञानलाई व्यहारमा लागू गर्न सुझाव दिए ।

यस्तै,मञ्चका कानूनी सल्लाहकार फकला थारुले विभिन्न कारणले पछाडि परेका वा पारिएकाहरुको उत्थानका लागि यस प्रकारको तालिमले निकै टेवा पुग्ने बताए । हिजोका दिनदेखि नै मञ्चले लक्षित वर्ग र समुदायको उत्थानका लागि क्षमता विकास, कानूनी व्यवस्था, सचेतनामूलक कार्यक्रमसँगै उद्यमशीलता विकासका विभिन्न कार्यक्रममा जोड्दै आएको बताउनुभयो ।

तालिमका प्रशिक्षकहरु आर्थिक क्षेत्र र उद्यमशीलताका क्षेत्रमा लामो समय अनुभव संगालेका रहेका मञ्चले जनाएको छ ।तालिमको प्रशिक्षकमा भीमबहादुर बस्नेत,राजेन्द्रकुमार रायमझी र ताराबहादुर भण्डारी रहेका छन् । मञ्चकी फिल्ड उत्प्रेरक सुलोचना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन सत्रको सहजीकरण प्रबन्धक माधवराज चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]