
Pbu
tssbus
nsm
Ssbus
ssbus
Sssbus1
Gsl
Bs1
Sssbus1
Ssbus
Ssbus

Sls
Bbu
Ksm
Hal
Rgu
Ggd
Pvg
Wsp
Sbs
Rgu
Tsm
Ssm
nsb
Rgs
Asm
Vor
Bbbpu
Rsb
Gst

Gsb
Rmb
Pls
Jmb
Abd
bbt
Ptm
Bml
Syp
Mks
Rpp
Jmb
sab
दाङ । व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिलाहरुको पहिचान गरी व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिम शुरु गरिएको छ ।
मुक्तकमलरी विकास मञ्चको आयोजना तथा आईएम नेपालको आर्थिक सहयोगमा दाङमा रहेका लक्षित वर्गका महिलाहरु मध्ये व्यवसाय गरिरहेका र गर्ने सोँच बनाएकाहरुलाई एकै थलोमा राखेर ३० जनालाई ८ दिने तालिम प्रदान गर्न लागिएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी मञ्चले तालिम दिन शुरु गरेको छ । मञ्चकी कार्यवाहक अध्यक्ष विष्णु चौधरीको अध्यक्षता एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी व्यावसायिक शुरुवात तथा सुधार उद्यमशीलता विकास सम्बन्धी उक्त तालिमको उद्घाटन गरिएको छ ।
सो अवसरमा घरेलु कार्यालयका प्रमुख वलीले सरकारले साना उद्यमी तथा व्यवसायीहरुका लागि दिने सहुलियतमा सहभागी हुन साना व्यवसायी तथा उद्यमीलाई आग्रह गरे । साना उद्योगी व्यवसायीको लगानी डुब्न नदिन उनीहरुको सीप क्षमताको विकासका लागि यस प्रकारका तालिम निकै लभदायक हुने हुँदा तालिममा सिकेको सीप, ज्ञानलाई व्यहारमा लागू गर्न सुझाव दिए ।
यस्तै,मञ्चका कानूनी सल्लाहकार फकला थारुले विभिन्न कारणले पछाडि परेका वा पारिएकाहरुको उत्थानका लागि यस प्रकारको तालिमले निकै टेवा पुग्ने बताए । हिजोका दिनदेखि नै मञ्चले लक्षित वर्ग र समुदायको उत्थानका लागि क्षमता विकास, कानूनी व्यवस्था, सचेतनामूलक कार्यक्रमसँगै उद्यमशीलता विकासका विभिन्न कार्यक्रममा जोड्दै आएको बताउनुभयो ।
तालिमका प्रशिक्षकहरु आर्थिक क्षेत्र र उद्यमशीलताका क्षेत्रमा लामो समय अनुभव संगालेका रहेका मञ्चले जनाएको छ ।तालिमको प्रशिक्षकमा भीमबहादुर बस्नेत,राजेन्द्रकुमार रायमझी र ताराबहादुर भण्डारी रहेका छन् । मञ्चकी फिल्ड उत्प्रेरक सुलोचना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन सत्रको सहजीकरण प्रबन्धक माधवराज चौधरीले गरेका थिए ।
