Sidha Patra सोमबार, कार्तिक ०८, २०७८

दाङ । बाढीले ६ प्रदेशमा ८ अर्बभन्दा बढीको धानबालीमा क्षति गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बागमती बाहेकका ६ वटा प्रदेशमा ८ अर्ब २१ करोड बराबरको धानबालीमा क्षति भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार बेमौसमी वर्षाले १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको छ भने ७१ हजार ११ हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति भएको छ । २ लाख ६९ हजार ८ सय ४२ मेट्रिक टन धान क्षति गरेको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा मात्रै ४ अर्व ५१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै गण्डकी प्रदेशमा १३ करोडको धानबालीमा क्षति गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेशस्तरमा तथ्याङ्क संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा एक एक वटा कार्यटोली गठन गरेको छ ।सातै प्रदेशमा क्षति मूल्याङ्कन र राहतका लागि पर्सि मंगलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]