
Mbdvs
Ksm
Gmk
Gisld
mbd
Rbs
Sds
Anm
Pbu

Rsb
Vor
Bbbpu
Asm
Rgu
Ssm
Rgs
Ksm
Sbs
Ggd
nsb
Wsp
Hal
Bbu
Pvg
Tsm
Gst
Rgu
Sls

bbt
Gsb
Pls
Ptm
Rpp
Mks
Jmb
sab
Jmb
Syp
Abd
Bml
Rmb
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्। ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने।
सोमबार दिनभर आफूनिकट नेता परिचालन गरी वरिष्ठ नेता माधव नेपाल पक्षलाई फकाउने प्रयास गरेपनि सार्थक नभएपछि साँझ ओलीले आफू निकट सांसदहरूसँग छलफल गरेका हुन्। ‘मिलेर जान आफूले नेताहरूलाई प्रस्ताव गरेको छु। नेताहरूको प्रतिक्रिया कसरी आउँछ त्यसपछि नै आफूले थप रणनीति बनाउँछु’, सांसदसँग ओलीले भनेको छलफलमा सहभागी काठमाडौं ३ का सांसद कृष्णबहादुर राईले जानकारी दिए।
‘म राजीनामा दिन्न। तपाईहरूले मलाई सहयोग गर्नुपर्यो’, ओलीलाई उदधृत गर्दै राईले भने। प्रधानमन्त्रीले आफूले मिल्न भने पनि दाहाल र नेपाल त्यो दिशामा अझै नदेखिएको भन्दै पार्टीमा भोलि जेसुकै अवस्था आई लागे पनि सामना गर्ने गरी तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिएका थिए।समाचार अन्नपूर्ण पाेष्टले छापेकाे छ ।
बालुवाटार भेलामा ओली निकट करिब दुई दर्जन भन्दा बढी सांसद उपस्थित थिए। पूर्व माओवादी धारका नेता तथा अहिलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि भेलामा सहभागी थिए। उनले आफू प्रधानमन्त्री ओलीको पक्षमा रहेको र पार्टीका अन्य नेताले सरकारलाई सहयोग नगरिरहेको धारणा राखेको राईले जानकारी दिए।
भेलाका सहभागी सांसदका अनुसार ओलीले सक्दा माधव नेपाललाई फकाउने र त्यसो गर्न नसके संसदीय दलमा बहुमत सांसद पुर्याएर आफूलाई हटाउन चाहने सम्भावित तयारीको चुनौति दिने रणनीति बनाएका छन्।
प्रतिनिधि सभामा नेकपामा १७४ सांसद छन्। ओली पक्षका झण्डै ७५ जना सांसद खुलेको बुझाइ बालुवाटारको छ। संसदीय दलमा बहुमत पुर्याउन ओलीलाई थप ८८ जना सांसदले साथ दिनु पर्छ। ओली १० देखि १५ सांसद दाहाल र नेपाल पक्षबाट तान्न सकिने विश्वासमा छन्। दाहालसँग ५३ र नेपालसँग ४० देखि ४५ जना सांसद छन्।
