
Anm
Ksm
Pbu
Gisld
Rbs
Mbdvs
Sds
mbd
Gmk

Wsp
nsb
Sls
Bbbpu
Ggd
Pvg
Rgs
Tsm
Sbs
Vor
Rsb
Asm
Rgu
Rgu
Gst
Ksm
Hal
Bbu
Ssm

Rpp
Bml
Abd
bbt
Pls
Mks
Syp
Ptm
Rmb
Jmb
sab
Gsb
Jmb
काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट मंगलबार ३० जनाको मृत्यु भएको छ ।
मंगलबार रातिदेखि बुधबार बिहान १० बजेसम्म गृह मन्त्रालयमा भएको रिपोर्टिङ अनुसार ३० जनाको मृत्यु भएको हो । घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बैतडीको मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ । मृतकको शव निकाल्ने प्रक्रिया थालिएको केन्द्रले बताएको छ ।
यस्तै बैतडीकै सुर्नैया गाउँपालिका-५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । घटनामा दुई जना घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।
प्रदेश १ को धनकुटास्थित चौविसे गाउँपालिका-१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । थप खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् ।
प्रहरीका अनुसार जोरायल गाउँपालिका-३ मा जोगी सार्कीको घर पहिरोले पुरिँदा ६३ वर्षीय उनको मृत्यु भएको छ । वडा नं. ४ मा शेरबहादुर विकसहित उनको परिवारका ४ जनाको मत्यु भएको प्रहरीले जनाएको छ । शिखर नगरपालिका-११ मा ३६ वर्षीया मन्धरा बलायर बाटोमा हिँडिरहँदा माथिबाट ढुंगासहितको पहिरो खसेको छ । घटनामा घाइते उनको उपचारका क्रममा मृत्यु भएको छ ।
सायल गाउँपालिका ५ मा हिरुवा लोहारको मृत्यु भएको छ । उनको घरमा दुई जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार जारी छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका-५, खरेलमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । गाउँमा पहिरो जाँदा ६ जना बेपत्ता भएको खबर प्रहरीलाई पुगेको थियो । खोजतलासका क्रममा चार जनाको शव भेटिएको छ । दुई जनाको खोजतलास जारी छ ।
इलाममा पहिरो जाँदा तीन जनाको मृत्यु र ५ जना बेपत्ता छन् । दउमाईमा खोलाले बगाउँदा ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ । फाकथोक थुङ गाउँपालिका-१, ठिंगुरेमा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सल्लेरीमा पहिरो जाँदा चार जना बेपत्ता छन् ।
पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । फाल्गुनन्द गाउँपालिका- ३ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ६ जना घाइते छन् ।
घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार जारी छ । कुम्बाक गाउँपालिका-१, लाक्टोपामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । फिदिम-४, जोरसालमा पनि दुई जनाको मृत्यु भएको छ ।
मिक्लाजुङ गाउँपािलका-५ मा एक जनाको मृत्यु भएको छ । प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
उदयपुरमा बाढीले एक जना बगाएको छ । त्रियुगा नगरपालिका-५, खोरिया खोला तर्ने क्रममा ४० वर्षीया टुकबहादुर खड्कालाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार आएको बाढी, पहिरोमा ६ जनाको मृत्यु भएको गृह मन्त्रालयमा रिपोर्टिङ भएको थियो ।अनलाइनखबर
