
Jsbus
Csbus
Gsbus
dsbus
Gsl
Rbs
Bksbus5
gms
Amb
Pbu
Nssbus7
Ssbus
Ddhbs
Ratbs

Gst
Asm
Ggd
Tsm
Ssm
Vor
nsb
Pvg
Rgu
Rgs
Bbu
Sls
Wsp
Rgu
Sbs
Hal
Bbbpu
Rsb
Ksm

Pls
Syp
Rpp
Mks
Bml
Ptm
Jmb
Abd
sab
Rmb
bbt
Gsb
Jmb
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन् । भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्।
‘पूर्वप्रधानमन्त्री भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘NXT 2026’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्न लाग्नुभएको छ,’ भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो समिट मार्च १२, १३ र १४ सम्म चल्नेछ । समिटमा विश्व शासन,प्रविधि, अर्थतन्त्र,शिक्षा,सुरक्षा,स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रुपमा सहभागी हुने उक्त समिटमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिति रहनेछ । विभिन्न देशका सांसद,नीति-निर्माता,विज्ञ तथा युवा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रुपमा लिइएको छ । भट्टराई मार्च १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
