
Rgp1
Ggp
Srbpu
Unsku
Lnp
Rgp
Pbu
Sgr
pku

Rsb
Bbu
Rgu
Sbs
nsb
Sls
Bbbpu
Rgu
Tsm
Rgs
Ssm
Ggd
Asm
Vor
Ksm
Pvg
Gst
Hal
Wsp

Bml
Abd
Gsb
Syp
Pls
Mks
sab
Jmb
Ptm
Rmb
bbt
Jmb
Rpp
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज राति १२ बजेदेखि निष्क्रिय हुने निर्णय गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता,पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो ।
त्यस्तै गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
