दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती उपत्यका घोषणा भएको बुधवार (आज) एक वर्ष पूरा भएको छ । गएको वर्ष प्रदेश सभा स्थापना भएको तीन वर्षपछि असोज २० गते लुम्बिनी प्रदेश सभाले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो ।
त्यस्तै प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका १ र २ नम्बर र अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकाको १, २ र ३ नम्बर वडालाई समेटेर राजधानी घोषणा भएपछि प्रदेशका संरचना स्थायी राजधानीमा सर्ने र त्यहीअनुसारका संरचनाहरू निर्माण हुने नागरिकमा अपेक्षा थियो । तर राजधानी घोषणा भएको एक वर्ष बितिसक्दा एउटा मन्त्रालय स्थायी राजधानीमा आइपुगेको छ । तर मन्त्रालयका मन्त्रीदेखि कर्मचारी भने अस्थायी राजधानीमै बस्ने गरेका छन् ।