
Rbs
Pbu
Sds
Gisld
mbd
Mbdvs

Wsp
Gst
Bbu
nsb
Rgu
Sls
Rsb
Ksm
Rgu
Rgs
Pvg
Vor
Tsm
Ggd
Bbbpu
Hal
Sbs
Asm
Ssm

Mks
Syp
sab
Jmb
Pls
Rmb
Ptm
Rpp
Bml
Abd
Jmb
bbt
Gsb
दाङ । देउखुरीमा सालको रुख ढालेर चिरान गर्दै गरेको अबस्थामा ३ जना पक्राउ परेका छन ।
लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु सामुदायिक बन क्षेत्र भित्र सालको गोलिया चिरान गरिरहेको अबस्थामा मँगलबार बिहान ३ जना पक्राउ परेका हुन ।
बन कार्यालयको गस्ती टोलीले उनिहरुलाई रँगे हात पक्राउ गरेको डिभिजन बन कार्यालय देउखुरीका डिभिजन बन अधिकृत बेसिन्द्र राज सुवेदीले बताए । उनिहरु रुख ढालेर चिरान गर्दै गरेको अबस्थामा पक्राउ परेका हुन । उनिहरुको साथबाट सालका ३ थान गोलिया र २ थान चिरान काठ फेला परेको छ ।
चिरान गर्दै गरेको स्थानमा ४ वटा सालका रुखपनि ढालिएको छ । उनिहरुले मङ्गलबार ढालिएको रुख चिरान गर्दै थिए । उनिहरुको साथबाट १२.२५ क्युफिट गोलिया फेला परेको छ । अन्य ३ वटा रुखका काठहरु फेला पार्न नसकेपनि रुख ढालेर काठ गायब गर्नेमा उनिहरुकै सँलग्नता रहेको हुन सक्ने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत छोटेलाल चौधरीले अनुमान गरे ।
पक्राउ पर्नेहरुमा लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु निवासी राज बहादुर चौधरी, कृष्ण कुमार चौधरी र शरद चौधरी रहेका छन् । उनिहरुलाई अनुसन्धान तथा म्याद थपका लागी जिल्ला बन कार्यालयमा उपस्थित गराउने तयारी थालिएको सहायक बन अधिकृत चौधरीले बताए ।
