Sidha Patra बुधबार, आश्विन ०६, २०७८

दाङ । घोराही सगरमाथा सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताए ।

त्यस्तै उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड लाइनको बक्यौता रकम बाँकी रहेको उनको भनाई छ । उद्योगले डेडिकेटेड लाइन जडान गरेदेखि नै शुल्क तिरेको छैन । देशभरीकै उद्योगहरूमा यस्तो समस्या भएकाले लाइन काट्न केन्द्रको निर्देशन पर्खिरहेको उनको भनाइ छ ।

यस्तै घोराही सिमेन्ट उद्योगले भने अस्वभाविक रुपमा शुल्क तोकिएपछि तिर्न नसकेको जनाएको छ । आफैले लगानी गरेर विद्युतको डेडिकेटेड लाइन ल्याएको उद्योगका अमर सुवेदीले बताए । उद्योगले अहिले पनि मासिक ३–४ करोड रुपैयाँ नियमित विद्युत् शुल्क तिरिराखेको उनको भनाई छ । अदालतको निर्णय आएपछि बक्यौता रकमको निर्णय लिन सकिने उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]