
Gesld
Sdc
dpm
Amb
Ges
Dpm
snmbs
Mbf
rgs
Pbu
Snmbs
Dbc
Snmbs


काठमाडौं । संविधान दिवसको अवसरमा महिला नेतृ वरिष्ठ सामाजिक अभियानता सोभा पाठक सम्मानित भएकी छिन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले आईतबार के.सी.लाई सम्मान गर्नु भएको हो ।
महिला नेतृ वरिष्ठ सामाजिक अभियानता पाठक साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई सामाजिक सेवाको कार्यमा समेत अग्रसर रहँदै आएकी छिन् । उनी विभिन्न सामाजिक सम्मानबाट सम्मानित भईसकेकी छिन् ।
त्यस्तै राष्ट्रिय नागरिक विकास समाजले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त देशका विभिन्न जिल्लाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ, महिला उद्यमी वसुमाया तामाङ, जिवजन्तु संरक्षण अभियन्ता पारु गुरुङ, वरिष्ठ सामाजिक अभियन्ता तारा प्रसाद त्रिपाठी, समाजसेवी ओम शंकर श्रेष्ठ,राखिन्द्र कुमार थिङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता, पूर्वगृहमन्त्री वामदेव गौतमको विशेष आतिथ्यता तथा संस्थाका अध्यक्ष महेश कुँवरको सभापतित्वमा भएको थियो ।
