
Sssbus1
Gsl
Pbu
nsm
ssbus
Sssbus1
Ssbus
tssbus
Ssbus
Ssbus

Sls
Ksm
Pvg
Sbs
Gst
Rgu
Vor
Ggd
Rgs
nsb
Asm
Rgu
Tsm
Hal
Wsp
Ssm
Bbbpu
Rsb
Bbu

bbt
Rpp
Jmb
sab
Pls
Rmb
Syp
Mks
Bml
Gsb
Abd
Ptm
Jmb
काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभाबाट भोलि सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन् ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन् । त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुन्छ र उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिनेछन् ।
त्यसपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ । सरकारको बहुमत भएकाले संशोधन प्रस्ताव अस्वीकृत हुने देखिन्छ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।
विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी तयारी छ ।
एमालेको नाराबाजीले असर गर्दैन : सत्ता गठबन्धन
२३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले भोलिको बैठकमा पनि नाराबाजीलाई निरन्तरता दिने बताएको छ ।
तर, सत्ता गठबन्धन एमालेको नाराबाजीले कुनै असर नगर्ने बताएको छ । ‘सदन खुलाउने हाम्रो प्रयास जारी छ । एमालेले सहयोग गर्छ र अनावश्यक विषय उठाउन छोड्छ भन्ने विश्वास छ’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘सहमति भएन र नाराबाजी जारी नै राख्यो भने पनि बजेटलाई रोक्ने छुट सरकारलाई छैन ।’
कांग्रेसकी सचेतक पुष्पा भुसाल पनि संसदको कार्यसूची नरोकिने बताउँछिन् । ‘मुलुक बजेट होलिडेमा छ । सदनमा नाराबाजी हुन्छ भने यसलाई के भन्ने ? सरकारको इमानदार प्रयास कार्यसूची अनुसार सदन चलोस भन्ने हुन्छ’ उनले भनिन् ।
१०/१२ गते भित्र बजेट होलिडे तोड्ने प्रयास
बजेटको प्रतिस्थापन विधेयक यही असोज १२ गतेभित्र पारित गरेर बजेट होलिडे अन्त्य गर्ने सरकारको प्रयास छ ।
प्रतिनिधिसभाले भोलि ४ गते विनियोजन विधेयक गरेमा मंगलबार बोलाइएको राष्ट्रियसभा बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ ।
असोज ९ गते शनिबार परेको छ । त्यसकारण १० गते राष्ट्रिय सभाले विनियोजन विधेयक पारित गर्ने र ११ गते प्रतिनिधिसभाले त्यसलाई स्वीकार गर्ने र बजेट होलिडेको अन्त्य गर्ने सरकारको तयारी छ ।
‘११ गतेभित्र बजेटको प्रतिस्थापन विधेयकको विनियोजन विधेयक दुबै हाउसबाट पारित भएको अवस्थामा बजेट खर्च गर्न सरकारलाई बाटो खुल्छ । बजेट होलिडेको अन्त्य हुन्छ भन्ने मेरो बुझाई छ’ राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता राधेश्याम अधिकारीले भने ।अनलाइनखबर
