Sidha Patra आइतबार, आश्विन ०३, २०७८

दाङ । जबरजस्तीकरणी मुद्धा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । घोराहीका एक जना पुरुष सँग होटलमा बसेर वियर र मासु खाएपछि विवाद सृजना गरेर जबरजस्तीकरणी मुद्धा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरि आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा घोराही १५ का ३२ बर्षिया सीतादेवी थापा, ३५ बर्षिया खुमा वली र ३२ बर्षिया सुस्मा परियार रहेका छन् । गएको असार ६ गते पक्राउ परेकी सीतादेवी थापाले घरायसी समस्या परेको र सहयोग गर्नुपर्ने भन्दै ती पुरुषलाई घोराहीको कोहीनुर रेष्टुरेन्टमा बोलाई उक्त घटना गराएको प्रहरीको दावी छ । होटलमा बसेर मासु र बियर खाएपछि घर फर्कने क्रममा सीतादेवी खाटमा पल्टीएको र उनिहरुले बोलाएको पुरुषलाई गाली गलौज गर्दै जबरजस्तीकरणीमा मुद्धा दर्ता गर्ने भन्दै धम्की दिएको ति पुरुषले प्रहरीमा दिएको निबेदनमा उल्लेख छ ।

अर्को दिन ति पुरुषलाई फोन गरी ति महिलाहरुले पैसामा मिलाउन र यदी त्यसो नभए मुद्धा दर्ता गर्ने भने पछि प्रतिष्ठामा आँच आउने सोचले एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको चेक दिएको प्रहरीलाई बताएका छन् । पिडित भनिएका पुरुषको भने प्रहरीले नाम खुलाएको छैन् । ति महिलाहरुले ५० लाख रुपैयाँ माग गरेपछि ति पुरुषले आबस्यक प्रमाण सहित प्रहरीमा उजुरी गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । पक्राउ परेकाहरु बिरुद्ध अपराधिक विश्वासघात तथा अपराधिकलाभ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिने प्रहरीको भनाई छ ।

उक्त कसुरमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा ति महिलाहरुले भने आफुहरुलाई फसाईएको बताएका थिए । आफुहरु बिरुद्ध मुद्धा दर्ता गर्ने पुरुष नै दोषि भएको उनिहरुको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]