
Sssbus1
Ssbus
Sssbus1
Ssbus
Pbu
Gsl
nsm
ssbus
tssbus
Ssbus

Wsp
Ssm
Hal
Tsm
Gst
Sls
Vor
Ggd
Rsb
Sbs
Rgu
Bbu
Pvg
Bbbpu
Ksm
nsb
Rgs
Asm
Rgu

Rpp
Syp
Gsb
Ptm
Jmb
Abd
Jmb
Rmb
Pls
Bml
Mks
bbt
sab
दाङ । घोराही उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर कारोवार गरिरहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
गत भदौ १५ गतेदेखि सुरु भएको साधारण सभा शनिबार सम्पन्न भएको हो । कोरोना कहरका कारण आफ्ना दुई हजार चार सय भन्दा बढी सदस्यलाई बेग्ला बेग्लै भेला गराएर सहकारीले साधारण सभा आयोजना गरेको थियो । सहकारीका अध्यक्ष कुलबहादुर थापाको अध्यक्षता एवं जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यतामा साधारण सभाको समापन गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला संघका अध्यक्ष शर्माले दाङ जिल्लाका सहकारी संस्थाहरुले नमूनायोग्य काम गरिरहेको बताउनु भयो ।
त्यस्तै उहाँले सहकारी संस्थाहरुले छरिएर रहेको पूँजीलाई एकैस्थानमा ल्याएर लगानी गरिरहेको बताउँदै सहकारीहरुले लगानीको दायरालाई बढाएर लैजानुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका अधिकृत होमलाल भुषाल,दाङ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपबहादुर खत्री, राष्ट्रिय सहकारी बैंक लि. दाङका अध्यक्ष डिल्लीराज दाहाल,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका प्रमुख विष्णुदत्त जोशी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, सहकारी संस्थाका सदस्यहरु रेशमबहादुर खड्का र छमा पराजुलीले बोल्नुभएको थियो ।
यस्तै उक्त अवसरमा सहकारी संस्थाका सचिव हरिप्रसाद रिजालले बार्षिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो । उहाँले सहकारीमा एक हजार ६० पुरुष र एक हजार तीन सय ७८ जना महिला सदस्यहरु गरेर कुल दुई हजार चार सय ३८ जना सदस्यहरु रहेको जानकारी दिनुभयो । ‘सहज पहुँच सहितको दिगो सहकारी संस्था’ भन्ने नारा सहित अघि बढेको सहकारीले संस्थाको कार्यक्षेत्र विस्तार गर्ने योजना अघि सारेको छ ।
जस अनुसार साविक सौडियार गाविसको वडा नं. १ चैनपुरमा रहेको जनक बचत तथा ऋण सहकारी संस्थासंग समायोजन गरेर अघि बढ्ने योजना बनाएको जानकारी पनि सचिव रिजालले जानकारी दिनु भयो । सहकारीले तिज विषेश कार्यक्रम संचालन गरेको, सुत्केरी भेटघाट तथा शिशुको मुख हेर्ने कार्यक्रम गरेको, समवेदना तथा राहतको निरन्तरता दिइएको, जेष्ठ नागरिकलाई सम्मान गरिएको, उत्कृष्ठ बचतकर्ता र उत्कृष्ठ ऋणिलाई सम्मान गरिएको जानकारी सचिव रिजालले दिनुभयो । यसैगरी उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुहरुलाई सम्मान गरिएको, विभिन्न समयमा समिक्षा कार्यक्रम आयोजना गरिएको, संस्थाको स्थापना दिवसका असवरमा विभिन्न कार्यक्रम गरिएको, सहकारी अवलोकन गरिएको, रक्तदान, प्रजनन, स्वास्थ्य, प्राकृतिक चिकित्सा तथा योग सम्वन्धी साक्षात्कार गरिएको जानकार पनि सचिव रिजालले दिनुभ यो । यस्तै कोषाध्यक्ष रामचन्द्र कार्कीले गत आर्थिक बर्षमा सहकारीले गरेको आर्थिक कारोवारको बारेमा जानकारी दिनुभयो ।
सहकारीले गत बर्ष चार करोड ६४ लाख ३७ हजार तीन सय ५० रुपैया आम्दानी गरेको थियो । यस्तै दुई करोड ९२ लाख रुपैया खर्च भइ शुद्ध बचत एक करोड ७१ लाख ४४ हजार दुई सय ५८ रुपैया भएको थियो । चालु आर्थिक बर्षमा एक करोड ९८ लाख ५५ हजार रुपैया बचत गर्ने लक्ष्य राखेको पनि कोषाध्यक्ष कार्कीले जानकारी दिनुभयो । साधारण सभामा कार्यसमिति सदस्य केशव दिपक न्यौपानेले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्य ऋषिराम रिजालले संचालन गर्नुभएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भगवती शर्माले गर्नुभएको थियो ।
दुईजनालाई सम्मान
त्यस्तै कार्यक्रममा स्थापनादेखि कार्यरत रहनुभएका व्यवस्थापक राजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थालाई उचाईमा पुराउनका लागि भूमिका खेलेको भन्दै श्रेष्ठलाई कदरपत्र सहित सम्मान गरिएको थियो । यसैगरी ऋण उपसमितिका सदस्य पशुपतिलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
