
Sssbus1
Ssbus
Ssbus
ssbus
Gsl
nsm
tssbus
Ssbus
Pbu
Sssbus1

Pvg
Ggd
Hal
Vor
nsb
Rgu
Wsp
Sls
Sbs
Asm
Gst
Bbbpu
Bbu
Rgu
Ksm
Rgs
Tsm
Rsb
Ssm

Abd
Jmb
Gsb
Bml
Mks
Rmb
Pls
Ptm
Jmb
Syp
bbt
sab
Rpp
काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशको म्याद सकिएको र अहिलेको सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक तत्काल पारित नभएकाले देश बजेटविहीनताको अवस्थामा प्रवेश गरेपछि अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्र समेत प्रभावित हुने देखिएको छ । विधेयक पास नहुन्जेलसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने भएकाले सरकारी कोषबाट सञ्चालन भइरहेका अस्पतालहरुको सेवा प्रभावित हुने देखिएको हो ।
यस्तो अवस्थामा सरकारले विनियोजन गरेको बजेट खर्च गर्न पाइने छैन, जसलाई ‘बजेड होलिडे’ समेत भनिन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा. जागृत रायमाझी यो अवस्थामा लम्बिइरह्यो भने समस्या पर्ने देखिए पनि तत्काल केही असर नपर्ने बताउँछन् ।
यस्तै अस्पतालले पहिला नै केही सामानहरु स्टकमा राखेको र तत्काल आवश्यक परे पछि पैसा तिर्ने शर्तमा सामान झिकाउन सकिने भएकाले तत्काल नै सेवा प्रभावित नहुने उनको भनाइ छ । उनका अनुसार अस्पतालले बिरामीबाट उठाएको शुल्क, औषधि र ल्याब खर्चले केही दिनको समस्या धान्न सकिने छ । तर यही अवस्था ७ दिनभन्दा बढी लम्बिएमा भने समस्या हुने उनको भनाइ छ । ‘तत्काल त केही समस्या पर्ने देखिन्न तर यही अवस्था लम्बियो भने समस्या पर्न जान्छ,’ डा. रायमाझीले भने ।
त्यस्तै अस्पतालमा दैनिकजसो आकस्मिक सेवाका लागि विभिन्न औषधि तथा उपकरणहरु किन्नुपर्छ । बिरामीबाट उठाएको शुल्कले विकास समिति अन्तर्गतका कर्मचारीको तलब भत्तामा खर्च गर्नुपर्ने तथा फार्मेसी र ल्याबबाट उठाएको पैसाले त्यहीं सामान किन्नुपर्ने भएकाले पनि नियमित सेवा प्रवाह गर्न सरकारी कोष नै खर्च गर्नुपर्छ । त्यसैगरी आकस्मिक उपचारमा खपत हुने विभिन्न औषधि, विभिन्न उपकरणमा खराबी आउँदा तत्काल बनाउन सरकारी कोषको रकम नै ताक्नुपर्ने भएकाले पनि बजेट होलिडे लम्बिएमा सेवा प्रभावित हुने सरकारी अस्पतालका निर्देशकहरु बताउँछन् ।
त्यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल ललितपुर, मानव अंग प्रत्यारोपण केन्द्र, मनमोहन कार्योथोरासिक तथा भास्कुलर सेन्टर, सिभिल अस्पताल लगायतका अस्पताल स्वायत्त संस्था भएकाले बजेट होलिडेले केही असर पार्दैन । तर बजेट होलिडेमा सरकारी कोषबाट चलेका प्रादेशिक अस्पताल तथा जिल्ला अस्पतालहरुमा भने प्रभाव पर्नेछ । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार सरकारी अस्पताल भए पनि स्वायत्त सञ्चालन भएकाले अस्पताल आफैंले कमाएर खर्च धानिरहेको छ । उनी भन्छन्, ‘केही कुरामा सरकारको सहयोग र अनुदान त हुन्छ नै तर यो अवस्थामा हाम्रो अस्पतालमा त्यस्तो प्रत्यक्ष असर केही हुन्न ।’पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य पनि बजेट होलिडेले पाटन अस्पतालमा केही असर नपार्ने बताउँछन् । ‘आफैं कमाएर प्रशासनिक तथा क्लिनिकल खर्च धान्ने अस्पताल भएकाले हामीलाई कुनै असर हुन्न,’ डा. शाक्यले भने ।
नेपालगञ्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापा बजेट होलिडेले तत्काल असर नपारे पनि केही दिनपछि असर पार्ने बताउँछन् । यो आर्थिक वर्षको खाता अहिलेसम्म नखुलेको र फेरि बजेट होलिडे लम्बिए सेवा प्रभावित हुन सक्ने उनको भनाइ छ । उनका अनुसार २ महिनादेखि बजेट रिलिज नभएको अवस्थामा खाता खोल्ने बेलामा बजेट होलिडे हुँदा केही असर पर्नेछ । ‘तत्काल त केही असर नदेखिएला, बजेट होलिडे लम्बिदै गएमा भने असर देखिन सक्छ,’ उनले भने ।
अतिआवश्यक उपकरण भेण्टिलेटरहरु बिग्रिँदा तथा तलब खुवाउन बजेट होलिडेले असर पार्न सक्ने डा. थापा बताउँछन् । अस्पतालमा भैपरी आउने आकस्मिक खर्चको लागि पनि सरकारी कोषको नै भर पर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी सरसफाइ कर्मचारीको सामानको लागि पनि दैनिक ठूलो रकम खर्च हुन्छ । ‘अस्पतालले बिरामीसँग उठाएको सेवा शुल्कले केही दिन त धान्न सकिएला तर यही अवस्था लम्बिएमा सकिन्न,’ उनी भन्छन्।
बजेट होलिडे लम्बिए प्रादेशिक अस्पताल, जिल्ला अस्पतालको सेवा प्रभावित हुने त्यहाँ कार्यरत मेडिकल सुपरिटेण्डेन्टहरु बताउँछन् ।अनलाइनखबर
